
कावासोती । पूर्वि नवलपरासी (नवलपुर)मा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन् । जिल्लाको हुप्सेकोट ५ नाम्जाकोट बस्ने एकै घरका ५ जना र हुप्सेकोट १ जुकेपानीको १ जना जंगली च्याउ खाँदा बिरामी परेका हुन् ।बुधबार साझ १९ः ३० बजे हुप्सेकोट ५ नाम्जाकोटका ५ बिरामीलाई उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याईएको छ । त्यस्तै जुकेपानीको बिरामीलाई जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोस पाठकको अनुसार जंगलबाट च्याउ ल्याई खाँदा उनिहरु बिरामी भएका हुन् । जंगलबाट च्याउ खाँदा हुप्सेकोट ५ नाम्जाकोट बस्ने बर्ष ६७ की जासु सोती मगर गम्भिर बिमारी भएकी छन् । उनको छोरा बर्ष ३२ को गम्भिर सोती मगर, बुहारी बर्ष २६ की तिलिसरा सोती मगर , नातिनी बर्ष ६ की रबिना सोती मगरको भने अवस्था मध्यम रहेको र नातिनी बर्ष ५ की अस्मिता सोती मगरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी पाठकले जानकारी दिए ।
त्यस्तै हुप्सेकोट १ जुकेपानी बस्ने वर्ष ४५ की मिनाकुमारी सोमैले जंगलबाट च्याउ ल्याई खाँदा बिरामी भई मध्यविन्दु जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१