• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    धान रोप्ने बेलामा मलको हाहाकार, किसान भन्छन् ः “सरकार हामीलाई अरु हैन मल देऊ” 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ २०, शुक्रबार (३ साल अघि)
    fertilizer_urea-f

    Advertisement

    –रमेश गिरी
    भक्तपुर ।किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् । सिद्धि गणेश कृषि सहकारी संस्था लिका अध्यक्ष पूण्यराम दुमरुले पाँच किलो मल लिन ३०० देखि ४०० किसान रातिदेखि नै लाइनमा बसेको जानकारी दिनुभयो । संस्थाले केही दिन अगाडि ल्याएको ४० बोरा युरिया, ४० बोरा डिएपी मल र पाँच बोरा पोटास किसानका लागि कनिका छरेजस्तो भएको उहाँको भनाइ थियो ।

    अध्यक्ष दुमरुले भन्नुभयो, “सरकारले मल दिँदैन, बल्लतल्ल ल्याएको मल वितरण गर्ने भने पछि रातिदेखि नै ४०० किसान लाइनमा बसे, पाँच–पाँच किलो मल दिँदा पनि पुगेन, कनिका छरेजस्तै भयो, यो असारको बेलामा किसानले मल नपाउनु कृषि प्रधान देश नेपालको लागि निकै दुर्भाग्य हो ।” जुनसुकै पार्टीको नेतृत्वमा सरकार रहँदा पनि कृषि प्रधान देशका लागि चाहिने मल आफ्नै देशमा उत्पादन गर्न मल कारखाना खोल्न नखोज्नुले सरकार कमिसनको चङ्गुलमा फस्ने गरेको प्रष्ट हुने उहाँको आरोप थियो ।

    कृषि सामग्री कम्पनीले समयमै मल ल्याउन नसक्दा यस वर्ष पनि किसानले मलको हाहाकार खेप्नुपरेको हो । असार लाग्न लागिसक्दा पनि मल नपाउँदा उत्पादनमा ह्रास हुने भन्दै किसान चिन्तित हुन थालेकाले मलको हाहाकार रोक्न तत्काल सरकारले कदम चाल्नु पर्नेमा अध्यक्ष दुमरुले जोड दिनुभयो ।भक्तपुरकै शिलादेवी कृषि सहरकारी संस्था लिमिटेडका अध्यक्ष राजु सुवालले मल अभावले किसान धान रोप्नै अन्योलमा परेको बताउनुभयो । किसान मल खोज्न सहकारी संस्था धाउदै हिँडे पनि धान रोप्ने बेलामा मल नपाएर भौतारिएको देख्दा कृषि प्रधान देश भन्न पनि लाज लागेको उहाँको भनाइ थियो ।

    सोही संस्थाका उपाध्यक्ष गोकुल वनले सरकारले तत्काल मल ल्याउने व्यवस्था नगरे किसान आन्दोलनमा उत्रन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो यस वर्षको मात्र समस्या होइन, देशमा गणतन्त्र र लोकतन्त्र आएपछिको समस्या हो, पञ्चायतकालमा बरु किसानले सजिलै मल पाउँथे, अहिले पैसा तिर्दा पनि मल नपाइने भो, किसानको धैर्यताको बाँध नफुट्दै सरकारले मलको व्यवस्था गरोस् ।”

    भक्तपुर नगरपालिकाका–९ का किसान कृष्णराम प्रजापतिले मल नल्याए आन्दोलनमा उत्रने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले किसानलाई पेन्सन दिने कुरा गर्छ, आधुनिक औजार दिने कुरा गर्छ, जमिन बाँझो राख्न पाइँदैन भन्छ, तर अत्यावश्यक मल दिने कुरै गर्दैन, मल कारखाना खोल्ने बजेट ल्याउदैन, पेन्सन त परेको कुरा, हामीलाई अहिले मल चाहियो सरकार, मल देऊ ।”सूर्यविनायक नगरपालिका–८ सिपाडोलका रामभक्त थापाले किसानले मल नपाउँदा धान उत्पादननै घट्ने निश्चित भयो भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारप्रति आक्रोशित हुँदै उहाँले भन्नुभयो, “खै कुनै पनि सरकारले मल ल्याउन सकेन, बरु पञ्चायतकालमा सरकारले मल दिन्थ्यो, गणतन्त्र आएपछि मल आउनै छाड्यो ।”

    सरकारले मलमा अनुदान दिएको छ । अनुदानमा मल दिने भए पनि सरकारी निकायले समयमै मल ल्याउने व्यवस्था गर्न नसक्दा हरेक वर्ष मलको हाहाकार हुँदै आएको छ । काठमाडौँ उपत्यकामा भक्तपुरलाई कृषिको राजधानी मानिन्छ । भक्तपुर र मध्यपुरथिमिमा कृषि भूमि कम रहे पनि सूर्यविनायक र चाँगुनारायणमा कृषियोग्य जमिन धेरै रहेकाले मलको आवश्यकता पनि उच्च रहने गरेको छ । रासायनिक मल समयमै उपलब्ध भए भक्तपुरमा धान उत्पादन राम्रो हुने गरेको छ । किसानले मल नपाएपछि नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान सङ्घले आजबाट आन्दोलन सुरु गरेको छ । सरकारलाई मल ल्याउन दबाब दिने उद्देश्यले आज काठमाडौँको रत्नपार्कबाट जुलुस निकाली विभिन्न ठाउँको परिक्रमा गर्दै भोटाहिटी पुगेर सभामा समापन गर्ने सङ्घले बताएको छ (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution