• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वाचक र पण्डित बन्दै बेसाहारा किशोरी   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (३ साल अघि)
    59

    Advertisement

    –नारायण अधिकारी
    चितवन ।  पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् । केही समयअघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै किशोरीले वैदिक कर्म गरेर शिलान्यासको शुभारम्भ गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । वैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद्भागवत ज्ञान महायज्ञ हो । यिनै किशोरीले देशका विभिन्न २० यस्ता यज्ञ गरिसकेका छन् । अन्य सबै खालका अनुष्ठान र कर्ममा यी किशोरीले काम गर्दै आएका छन् ।

    आश्रममा पाँच वर्षदेखि १९ वर्षसम्मका किशोरी छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । लोककल्याण सेवा प्रतिष्ठानले भरतपुर महानगरपालिका–१ देवघाटमा आश्रम सञ्चालन गरेको छ । आश्रमका अध्यक्ष सावित्री टण्डनको भनाइमा त्यहाँ पाँच किशोरी महायज्ञसम्मका कर्म गर्न सक्षम भएका छन् । वैष्णवी, स्मृति, राधिका, तुलसा र सुनिता यी कर्म गर्न सक्ने भएका हुन् । उनीहरुको नामको पछाडि लोककल्याणकारी राखिएको छ ।

    बेसाहारा बनेका किशोरीलाई आश्रममा ल्याएर शिक्षादीक्षासँगै हुर्काइएको हो । उनीहरुलाई दिनको समयमा नजिकै रहेको सीताराम संस्कृत माविमा पढाइदै आएको छ । एक जना छोरी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै आएकी छिन् ।

    अध्यक्ष टण्डनले दिनको समयमा विद्यालय र कलेज जाने किशोरीले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत पुराण, श्रीमद्देवी भागवतलगायतका धार्मिक ग्रन्थ अध्ययन गर्ने गर्दछन् । उनीहरु बिहान र साँझको समयमा भजनकीर्तन, योग पनि गर्ने गर्दछन् । यसका अतिरिक्त दैनिक नित्य कर्ममा पनि उनीहरु सहभागी हुन्छन् ।

    अध्यक्ष टण्डनले छोरीहरु धार्मिक अनुष्ठानमा नेतृत्वदायी सहभागी हुने गरेको बताउनुभयो । उनीहरुले कर्म र अन्य अवस्थामा प्राप्त गरेका दान दक्षिणालाई सहकारीमा खाता खोलेर जम्मा गर्ने गरिएको छ । चितवन र छिमेकी जिल्लामा हुने कर्ममा किशोरी बोलाउने प्रचलन बढेको उहाँले बताउनुभयो । त्यसो देशैभरिका धार्मिक कार्यक्रममा उनीहरु पुग्ने गरेका छन् ।

    केही समयअघि बेलायतबाट आएका नेपाली एक परिवारले यहाँ विवाह गराउने पण्डित किशोरी नै खोजेपछि यहाँबाट काठमाडौँको सोल्टी होटलमा गएर यिनै किशोरीले विवाह गराएका थिए । महिला पण्डितको खोजी गर्दै त्यो परिवारले दुई वर्ष कुरेको अध्यक्षटण्डनले जानकारी दिनुभयो । यस्ता विभिन्न कर्म गर्ने काममा किशोरी सक्रिय भएका छन् ।

    विसं २०६७ मा आश्रम दर्ता भएको हो । सबै किशोरीको आमाको रुपमा रहनुभएकी अध्यक्ष टण्डनले सडक बालबालिकाबाट कुटाइ खाएपछि यो आश्रमको जन्मभएको हो । यतिबेला तराईका एक दम्पती पशुपतिमा पूजाका लागि जाँदै गर्दा सडक बालबालिकालाई पैसा दिन खोज्दा सबै पैसा लुटेर लगेका थिए । लुटिएको पैसा फिर्ता गराउने मध्यस्थता गराउनुभएकी अध्यक्षटण्डनलाई घर फर्किन लाग्दा तिनै सडक बालबालिकाले कुटपिट गरेका थिए ।

    ती बालबालिकालाई सजाय दिनुभन्दा आश्रम खोलेर सही बाटोमा लैजानुपर्छ भनेर आफूले संस्था दर्ता गरी काम अघि बढाएको अध्यक्ष टण्डन बताउनुहुन्छ । तीन जना बेसाहारा किशोरीबाट काठमाडौँबाट सुरु गरिएको यो अभियान एक वर्षपछि देवघाट ल्याईयो । अहिले यहाँको सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहयोगमा आश्रम चलिरहेको छ ।

    संस्थाका महासचिव रामेश्वरप्रसाद खनालका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवनसहित विभिन्न दाताको सहयोगमा पक्की आवासीय भवन बन्दै छ । किशोरीका लागि दैनिक खाना खुवाउन २४८ ले आफ्ना विभिन्न कर्म पारेर दान गर्दै आएका छन् । उनीहरुको रकमबाट आधा खर्च धानिंदै आएको छ । केही रकम भरतपुर महानगरपालिकाले दिँदै आएको छ । मासिक रु दुई लाख हाराहारी खानालगायतको खर्च हुने गरेको छ ।

    आश्रममा सामान्य भोजन गराउनका लागि दैनिक रु पाँच हजार १०० र विशेष भोजनका लागि रु आठ हजार ५०० दाताले उपलब्ध गराउँदै आएका छन् । आश्रममा आएपछि परिवारको पुनर्मिलन भएर ४३ जना किशोरी घर फर्किसकेका छन् । साँझ बिहान आश्रम पुग्ने जोकोही पनि ती किशोरी र तिनका कर्म देखेर प्रभावित हुने गरेको महासचिव खनाल बताउनुहुन्छ ।

    जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहीन भएको प्रमाणित गरेर पठाएका किशोरीलाई आश्रममा राखिँदै आएको छ (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution