
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् । विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१