कावासोती । पूर्वि नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष घनश्याम गिरीले पालिका भित्र उत्पादन हुने कृषि उपजको मूल्य निर्धारण गर्ने बताएका छन् । शुक्रबार दुम्किबासमा भएको विनयी त्रिवेणी कृषि तथा पशुपंक्षी विकास कृषक सञ्जालको पालिका स्तरीय भेलालाई सम्वोधन गदै गिरीले सो कुरा बताएका हुन् । उनले भने – किसानले उत्पादन गरेको उपजको उचित मूल्य निर्धारण नहुँदा विनयी त्रिवेणीका किसान मर्कामा पर्दै आएका छन् अब तत्काल नै पालिकाको पहलमा कृषि उत्पादनको मूल्य निर्धारण हुन्छ ।
गिरीले विनयी त्रिवेणीको किसानहरुले उत्पादन गरेको उपज बाहिरी क्षेत्रमा महगो मुल्यमा ब्यापारीले बिक्रि गर्ने तर किसानले न्युन मुल्यमा ब्यापारीलाई बेच्न पर्ने बाध्यता रहेको भन्दै उनले तत्काल मूल्य निर्धारण गर्न आफु लागि परेको बताएका छन् । उनले किसान र उपभोक्ता बिचको दुरी कम गर्न सके मात्रै पनि किसानलाई धेरै राहत हुने बताएका छन् । गिरीले विनयी त्रिवेणीको सबै वडामा कृषि पकेट क्षेत्र निर्धारण गरी कृषिमा आत्मनिर्भर गराउने समेत बताएका छन् । शुक्रबार भएको विनयी त्रिवेणी स्तरीय भेलामा कृषि तथा पशुपंक्षी विकास कृषक सञ्जालको अध्यक्ष विष्णु प्रसाद बस्यालले कृषकको समस्याहरु अध्यक्ष गिरीलाई जानकारी गराएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१