• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ अषाढ १, आईतबार (१ साल अघि)
    gandaki-province_1618469681

    Advertisement

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार बजेट ल्याउने भएको छ । प्रदेशले ल्याउने यो नवौं बजेट हो । यसपालि सुधारिएको बजेट आउने आशा गरिए पनि अघिल्ला वर्षझैं सांसदकै चिर्कटोकै भरमा बजेट बनाइएको छ । नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बन्दा सत्तापक्षमै धेरै सांसद भएकाले उनीहरुकै मागलाई थामथुम पार्ने गरी बजेट आउन लागेको छ ।प्रदेश सभाको दोस्रो कार्यकालमा अहिलेसम्म ४ पटक सरकार फेरबदल भए पनि बजेट बनाउने अवसर भने कांग्रेस नेतृत्वको सरकारलाई मिलेको छ । यसअघिका २ वटा बजेट सरकार फेरबदलकै चपेटामा परेका भए पनि यसपालि भने सरकारलाई फुर्सद थियो । प्रदेश सरकारका एक सचिवका अनुसार फुर्सद अनुसार बजेटमा जति मेहनत हुनुपथ्र्यो, त्यति भएन । नीति तथा कार्यक्रमले प्रदेशका गौरव र ठूला योजनाका बारेमा प्रष्ट नबोलेकाले पनि आगामी वर्षको बजेट बितरिएको आउने सत्तापक्षकै सांसदहरुले बताएका छन् । एक सांसदले भने, ‘सांसदहरुलाई मन्त्रालयपिच्छे सिलिङ तोकेर दिइएको छ, तर हाम्रा निर्वाचन क्षेत्रबाट आएका योजनाका चाप थेग्न हामीलाई नै सकस परेको छ ।’

    आगामी बजेटका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई १० लाखदेखि २ करोड ५० लाखसम्म र समानुपातिकलाई त्यसको आधा रकम बराबरको ‘सिलिङ’ दिइएको छ । भौतिक पूर्वाधार, ऊर्जा, सामाजिक विकास, पर्यटन, उद्योग, वन मन्त्रालयमार्फत् सांसदहरुलाई योजना बाँडिएको छ ।

    सत्ता पक्षका प्रत्यक्ष निर्वाचित सांसदले ५ वटा मन्त्रालयमार्फत् ४ करोड २० लाख र समानुपातिकले २ करोड ३५ लाख रुपैयाँ बराबरको योजना पाउने छन् । ६० सदस्यीय प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिक २४ सांसद छन् । तीमध्ये मनाङबाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) निलम्बनमा छन् । सत्तापक्षकै समानुपातिक सांसदलाई १ करोड ५० लाख रुपैयाँको सिलिङ तोकिएको छ । प्रतिपक्षी दलका सांसदका हकमा भने प्रत्यक्षलाई २ करोड र समानुपातिकलाई १ करोडसम्मको योजना सिफारिस गर्न भनिएको थियो । मुख्यमन्त्री र मन्त्रीका पहुँचका आधारमा भने केही सांसदले थप योजना समेत पारेका छन् ।

    ऊर्जा तथा खानेपानी मन्त्रालयबाट सांसदले ५० लाखसम्मका योजना सिफारिस गर्न पाउने छन् । सामाजिक विकास मन्त्रालयबाट प्रत्यक्ष सांसदले ३० लाख र समानुपातिकले १५ लाखसम्मको योजना पाउने छन् । उद्योग मन्त्रालयमा प्रत्यक्ष सांसदका लागि ८० लाख र वन मन्त्रालयमा १० लाख रुपैयाँसम्मको ‘सिलिङ’ छ । प्रदेश सरकारले पूर्वाधार विकास तर्फ ५० लाख, खानेपानी तथा ऊर्जातर्फ १० लाख र सामाजिक विकास र पर्यटन मन्त्रालयमा ५ लाख भन्दा कम रकमको योजना नराख्ने बताएको छ ।

    बजेट ३२ अर्ब ७७ करोड आसपासमा
    संघ र प्रदेशको आम्दानी घटेसँगै गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट खुम्चिने भनिए पनि योजनाकै चापका कारण चालु आवकै हाराहारीमा आउनेभएको छ । प्रदेश स्रोत अनुमान समितिले चालु वर्षको तुलनामा आगामी वर्षको बजेट साढे ३ अर्ब रुपैयाँले घट्ने प्रक्षेपण गरेको थियो । समितिले आर्थिक वर्ष २०८२÷८३ का लागि २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट बनाउन सरकारलाई सिफारिस गरेको थियो । तर अर्थमन्त्रालय स्रोतका अनुसार आगामी आवको बजेट बजेट ३२ अर्ब ७७ करोड आसपासमा आउँदैछ ।

    समितिका संयोजक तथा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले आगामी ३ वर्षका लागि स्रोत अनुमान तयार गरेर बजेटको अधिकतम सीमा निर्धारण गरिएको बताएका थिए । समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८३÷८४ मा ३० अर्ब ९३ करोड र २०८४÷८५ मा ३२ अर्ब ६३ करोड रुपैयाँको बजेट सीमित गर्न सुझाव दिइएको छ । चालु आर्थिक वर्षका लागि सरकारद्वारा ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो ।

    समितिले आगामी वर्षदेखि ‘आन्तरिक ऋण’ शीर्षक अन्तर्गत बजेटको व्यवस्था नगर्न पनि सिफारिस गरेको छ । चालु आवमा १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणबाट संकलन गर्ने लक्ष्य राखिएको थियो । तर आन्तरिक ऋण उठाउन प्रदेशले कानुन प्रबन्ध नै गरेको छैन । तर बजेटको चापका कारण आगामी बजेटमा पनि आन्तरिक ऋण समावेश गर्न लागिएको छ ।

    जेठसम्मको खर्च ५० प्रतिशत नि छैन

    यसैबीच चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा गण्डकी सरकारको बजेट खर्च ५० प्रतिशत पनि पुगेको छैन । ३२ अर्ब ९७ करोडको बजेटमध्ये जेठ मसान्तसम्म जम्मा ४७.५ प्रतिशत मात्रै खर्च भएको छ । तर गत वर्षको तुलनामा भने यो खर्च केही बढी हो । गत वर्ष जेठसम्म ४५.४७ प्रतिशत मात्र खर्च भएको थियो । पुजीगततर्फका काम सकिए पनि भुक्तानी प्रक्रिया बाँकी रहेकाले असारमा खर्चको चाप बढी देखिन्छ । चालु प्रकृतिका कामका लागि भने आर्थिक वर्षको अन्त्य नै कुर्ने प्रचलनले पनि अन्तिम महिनामा धेरै खर्च देखिने गरेको छ ।

    सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयले १२ अर्ब ७० करोड बजेटमध्ये ६ अर्ब ४० करोड अर्थात् करिब ५० प्रतिशत मात्र खर्च गरेको छ । ऊर्जा मन्त्रालयको बजेट खर्च भने सबैभन्दा राम्रो छ । ४ अर्ब २ करोडको बजेटमध्ये ५९.४ प्रतिशत अर्थात् २ अर्ब ४७ करोड खर्च भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ९७ करोडको बजेटमध्ये ३६ प्रतिशत मात्रै खर्च गरेको छ । अर्थ मन्त्रालयले १७ करोडमध्ये ३५ प्रतिशत खर्च गरेको छ । कृषि मन्त्रालयले २ अर्ब १० करोडमध्ये ४६.५ प्रतिशत, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयहरुले ५ अर्ब ५० करोडमध्ये ४८.९ प्रतिशत खर्च गरेका छन् ।

    गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङका अनुसार चालु आवको अन्त्यसम्म ७० प्रतिशत बजेट खर्च हुने अपेक्षा गरिएको बताए । ‘गत वर्षको अनुभव, राजनीतिक स्थायित्व र कार्यविधि परिमार्जनले खर्च बढ्ने देखिन्छ,’ मन्त्री गुरुङले भने । अर्को यथार्थ के छ भने ७० प्रतिशतभन्दा बढी खर्च भयो भने सरकारले भुक्तानी दिनै सक्दैन । किनभने गण्डकीको सामथ्र्यभन्दा बर्सेनि करिब १० अर्ब बढीको बजेट बन्दै आएको छ । आन्तरिक आम्दानी बढाउन नसक्नु, आन्तरिक ऋण उठाउने प्रबन्ध नहुनु, संघीय अनुदान बर्सेनि घट्दै जाँदा प्रदेश सरकारमाथि आर्थिक चाप चुलिँदो छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution