• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २४, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

२

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

३

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

४

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

५

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

६

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

७

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

८

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

९

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

१०

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

११

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

१२

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

      उत्कृष्ट क्यामेरा भएका मोबाइलको बिक्री बढी   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (२ साल अघि)
    1557399170mobile

    Advertisement

    – सचिना बानियाँ
    काठमाडौँ । पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् । अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये पनि मोबाइल सबैभन्दा छिटो र सजिलो सञ्चारको माध्यम बनेको छ । आफन्तसँग कुराकानी गर्न होस्, कार्यालयको काम होस् वा समाचार हेर्न, सुन्न सबै मोबाइलकै प्रयोगबाट गर्न सकिन्छ ।नेपालमा मोबाइल सेवाको ईतिहास त्यति लामो नभए पनि प्रविधि विकाससँगै यसको प्रयोग बहुआयामिक हुँदै गएको छ । नेपाल टेलिकमले सर्वसाधारणलाई पोस्टपेड र प्रिपेड सिमकार्ड वितरण गर्न थालेसँगै नेपालीको सूचना प्रविधिमा पहुँच बढ्दै गएको हो ।

    कुनै समय नोकिया फोनले एकछत्र राज गरेको नेपाली बजारमा अहिले धेरै उत्कृष्ट ब्राण्डले राज गरेका छन् । केही कम्पनीबीच प्रतिस्पर्धाको होडबाजी नै चलिरहेको छ । यतिबेला सामसङ, रेडमी एमवानका सेरिज, रियल मी, वानप्लस, ओप्पो, नोकिया, टिटिएललगायतका ब्राण्ड बिक्री हुने ताम्राकार कप्लेक्सस्थित बेस्ट टिच सेन्टरका म्यानेजर कृष्ण महतले बताउनुभयो । उहाँका अनुसार रेड्मी पछिल्लो समय सबैभन्दा राम्रो बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “रेड्मीका सबैभन्दा कम मूल्यका रु १३ हजारदेखि धेरै रु ९५ हजारसम्मका मोबाइल अहिले बजारमा उपलब्ध छन् ।” सामान्य विशेषता भएका मोबाइल विद्यार्थी र घरमा बस्ने आमाबुवाले मात्र प्रयोग गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नर्मल रेञ्जका मोबाइलमा दुई जिबी र्‍याम, ३२ जिबी इन्टर्नल मेमोरी, नर्मल क्यामेरा आठ एमबी, ब्याट्री पाँच हजार एमएस र डिस्प्ले छ सय पाँच रेञ्जको हुन्छ, यस्तो फोनबाट सामान्य काम गर्न सकिन्छ ।”महँगो मोबाइल व्यवसायी र विशेषगरी धनाढ्य परिवारका विद्यार्थीले खरिद गर्ने उल्लेख गर्दै उहाँले युवायुवतीले मोबाइलमा गेम खेल्न वानप्लसको मि को सेरिज उपयुक्त हुने बताउनुभयो । आइफोनको बिक्री अहिले खासै नभएको भन्दै महतले दसैँ नजिकिए पनि व्यापार भने सरकारी बिदा भएपछि मात्र सुरु हुने जानकारी दिनुभयो । अहिले मोबाइल युवाको व्यक्तित्व झल्काउने वस्तुका रुपमा समेत बुझ्न थालिएको देखिन्छ । मानिस सबै छाडेर पनि मोबाइलबाट भने टाढा हुन नसक्ने अवस्थामा पुगेको छन् । नेपाली समाज सुहाउँदो हरेक किसिमका मोबाइल फोन नेपाली बजारमा उपलब्ध छन् ।

    विगत दुई वर्ष कोरोना महामारीले व्यापार चौपट बनाएको उल्लेख गर्दै त्यसको असर अहिलेसम्म हट्न नसकेको टु फोर सिक्स इम्पेक्स प्रालीका सञ्चालक विवस सुवेदी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले व्यापारको अवस्था अन्तिम वर्षको भन्दा कम छ ।”महँगो मूल्यका मोबाइल खोज्ने उपभोक्ताको सङ्ख्या निकै कम भएको भन्दै उहाँले रु १५ देखि २० हजार रेञ्जका मोबाइल नै बढी बिक्री हुने बताउनुभयो । “सामान्य रेञ्जका मोबाइलमा छ जिबी र्‍याम, १२ जिबी इन्टरनल मेमोरी, दुई सय २८ जिबी इन्टर्नल मेमोरी हुन्छन् र हाइरेञ्जमा चार जिबी र्‍याम, ६४ जिबी इन्टनल मेमोरी हुन्छन्”, उहाँले भन्नुभयो । उपभोक्ताले आफ्नो क्षमताअनुसार मोबाइल खरिद गर्ने उहाँको भनाइ छ ।सरकारले लगाएको तीन सय डलर माथिको सामानमा लगाएको प्रतिबन्धले नेपाली बजारमा फोन नै कम आएको ओरेञ्ज फेयर डिलका म्यानेजर विवेक पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले मार्केटमा बिक्री हुने तीन सय डलरभन्दा कम मूल्यका मोबाइल हुन्, पछिल्लो समयमा पुरानो स्टक भएका फोनमा वान प्लसका सेरिज महँगो रेञ्जमा आएको छ ।” सामसङ एस सेरिज( स्टक सकिएर समस्या आइरहेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार बजारमा रु १५ देखि ३० हजारसम्म मूल्य भएका मोबाइल बिक्री भइरहेका छन् । “अहिले ग्राहकहरुले क्यामेराको गुणस्तर, र्याम, रोम बढी भएका मोबाइल मात्रै खोज्छन्, आजभोलि धेरै खोजिने भनेकै क्यामेराको हाइ मेघापिक्सल हो”, उहाँले भन्नुभयो । ओप्पो र सामसङ ब्राण्डका मोबाइल नै बढी बिक्री भइरहेको उहाँको दाबी छ । सामसङ कम्पनीका मोबाइल रु २२ हजार देखि रु ५५ हजार रेञ्जका बढी बिक्री हुने उहाँले बताउनुभयो । त्यस्तै सामसङको उच्च रेञ्जमा एस २२ अल्टा आएको र आयातमा समस्या भएकाले उपभोक्तालाई सबै भेरियन्टमा उपलब्ध गराउन नसकेको पौडेलले गुनासो पोख्नुभयो । यसको मूल्य बजारमा रु एक लाख ७० हजारदेखि रु ८० हजारसम्म रहेको बताउनुभयो ।पौडेलले ओप्पो ब्राण्डको रु ४५ हजार मूल्यको पछिल्लो समय एफ २१ प्रो मोबाइल आएको बताउँदै त्यसमा सोनीको सात सय नौ क्यामेरा प्रयोग भएकाले उत्कृष्ट काम गर्ने दाबी गर्नुभयो । युवाले रोज्ने मोबाइलको मूल्य रु ४० देखि र ६० हजारसम्म पर्ने उहाँको भनाइ थियो ।बजारमा रु दुई लाख ३५ हजार पर्ने सबैभन्दा महँगा मोबाइल व्यवसायीले खरिद गर्ने उहाँको भनाइ छ । सामसङ, ओप्पो र भिभोमा समस्या कम देखिएको र टिटिएल, लाभाका ब्राण्डमा समस्या धेरै देखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तिनीहरुमा सफ्टवयर इस्यु बढी आउने देखिएको छ ।”

    पौडेलले दसैँ विशेष व्यापार सुरु नभइसकेको बताउँदै उपभोक्ताले विभिन्न ब्राण्डको अफर पर्खिरहेको टिप्पणी गर्नुभयो । एक सातादेखि खासै व्यापार नभएको भन्दै उहाँले कम्पनीका अफरबारे थाहा पाएलगत्तै उपभोक्ताको सङ्ख्या ह्वात्तै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।सामसङ कम्पनीको मोबाइल खरिद गर्न आउनुभएका विद्यार्थी सन्दिप शर्माले १२ जिबी र्‍याम, एक सय २८ जिबी इन्टर्नल मेमोरी, कभर, क्यामेरा उत्कृष्ट, प्रोसेसर जस्ता विशेषता भएको मोबाइल खरिद गर्न खोजेको बताउनुभयो । उक्त विशेषता भएका मोबाइलमा अध्ययन गर्न र गेम खेल्न सजिलो हुने उहाँको विश्वास छ ।कलेजमा अध्ययनरत रोजिना कार्कीले आफ्नो बजेटअनुसार फिचर राम्रो भएको मोबाइल किन्न बजार आएको बताउनुभयो । बजारमा आएका ब्राण्डमध्ये आफूलाई वान प्लस मन परे पनि रकम अभावले रेड्मी खरिद गर्ने सुनाउनुभयो । “रेडमीमा पनि र्‍याम, रोम र प्रोसेसर उत्कृष्ट छ”, उहाँले भन्नुभयो ।

    इलामका ऋषव तामाङले आइफोन १४ सेरिज भर्खरै लञ्च भएको भन्दै त्यसबारे बुझ्न आएको बताउनुभयो । आइफोन १४ मा इन्टरनेट उपलब्ध नभए पनि अप्ठ्यारो परे तत्काल उद्धार गर्न सकिने नयाँ प्रविधि आएको उहाँले जानकारी दिनुभयो । वान प्लस, सामसङ, शाओमीको एमआइमा राम्रो फिचर रहेको उहाँको भनाइ छ । “आइफोनबाहेक मलाई रेड्मी (एमवान) नै मन पर्छ, त्यसमा अन्य कम्पनीको तुलनामा एउटै मूल्यमा पनि राम्रो विशेषता रहेका छन्”, उहाँले भन्नुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?


  • Advertisement

    समाचार
  • १

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • २

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ४

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ५

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ६

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ७

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ८

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ९

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • १०

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution