काठमाडौं । सिरियासँगको सिमाना नजिकै रहेको टर्कीको क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्प गएको उक्त क्षेत्र टर्कीको दक्षिणपूर्वा गाजियनटेप केन्द्रविन्दू भएको जनाइएको छ । भूकम्प ७ दशमलव ८ म्याग्नेच्युटको गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । भूकम्पको धक्का टर्कीको राजधानी अंकारा र अन्य सहरहरू र छिमेकी देशमा पनि महसुस गरिएको बताइएको छ ।
शक्तिशाली भूकम्पका काराण धेरै भवनहरु ध्वस्त भएको र धेरै मानिसहरु फसेका छन् । उनीहरुको उद्दार जारी रहेको राखिएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । मानवीय तथा भौतिक क्षतिका विवरणहरु भने सार्वजनिक हुन सकेको छैन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१