• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    डिजिटल प्रविधिसँगै भएको रूपान्तरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र २५, सोमबार (२ साल अघि)
    film_industry

    Advertisement

    काठमाडौँ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेका छन् । नेपालमा चलचित्रका क्षेत्रमा डिजिटल प्रविधिको सुरुवात भूषण दाहालले निर्देशन गर्नुभएको ‘कागबेनी’ र आलोक नेम्वाङले निर्देशन गर्नुभएको ‘सानो संसार’ बाट भएको हो ।यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्नसक्ने गरी नयाँ युगमा प्रवेश गरेको छ । यसको सुरुआतसँगै ‘प्रिन्टको डब्बा’ लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हटेको निर्माता अशोक शर्माले बताउनुभयो । “यसले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सहजता दिएको छ”, उहाँले भन्नुभयो, “सोही कारण काठमाडौँमा प्रदर्शनका निमित्त पालो पर्खिएका चलचित्रको लाइन घटेको छ ।” सन् २००७ मा डिजिटल सिनेको सुरुआत गरेको उहाँले स्मरण गर्नुभयो । प्रदर्शक, वितरक र निर्माताको समूह बनाएर सुरु गरिएको डिजिटल प्रविधिलाई नेपालभर पूर्णता पाउन झन्डै एक दशक लाग्यो ।

    “नेपाली चलचित्रलाई सहरिया क्षेत्रमा हेरिने दृष्टिकोणसँगै स्तरीय प्रदर्शनीका लागि डिजिटल प्रविधि आवश्यक थियो । अष्ट्रेलियन प्रविधि खर्चिलो हुने भएपछि भारतीय प्रविधि ‘युएफओ’सँग सहकार्य गरेर सुरु गरेका हौँ”, निर्माता शर्माले भन्नुभयो, “सुरुआती समयमा डिजिटल प्रविधिमा चलचित्र निर्माण सहज होस् भनेर क्यामेरा ल्यायौँ । यस प्रविधिमा निर्माण गरिने चलचित्रलाई केही रकमसमेत सहयोग गर्न थाल्यौँ । हल सञ्चालकलाई भविष्य देखाएर प्रविधि जडान गर्न हौसायौँ ।”अहिले विश्वभर एकसाथ चलचित्रको प्रदर्शन यही प्रविधिले गर्दा सम्भव भएको उहाँको भनाइ थियो । “नेपालमा अहिले पूर्णतया डिजिटल प्रविधिमा निर्माणदेखि प्रदर्शनसम्म हुने गरेको छ”, शर्माले भन्नुभयो, “पहिला मोफसलमा प्रदर्शन भएर पुरानो भइसकेका प्रिन्ट काठमाडौँमा प्रदर्शन हुँदा प्रिन्ट कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत बिग्रिएको अवस्थामा काठमाडौँ भित्रिने हुँदा सहरिया दर्शकलाई आकर्षण गर्न सकेको थिएन् ।”

    डिजिटल प्रविधिसँगै एकसाथ देशभरका हलमा चलचित्र प्रदर्शन हुन् थालेपछि निर्माता तथा निर्देशकमा उत्साह थपिएको शर्माको भनाइ थियो । डिजिटल प्रविधिमा चलचित्र निर्माण र प्रदर्शन सहज भएपछि नियमितभन्दा फरक कथा र कलाकारले आफूलाई प्रस्तुत गर्ने मौका पाएका उहाँले बताउनुभयो ।नयाँ र आधुनिक प्रविधिको प्रयोगका कारण प्रदर्शन लागत घट्नुका साथै समयको बचत हुने भएकाले चलचित्र निर्माताको सङ्ख्या बढेको नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताउनुभयो । प्रदर्शकसँगै निर्माण र वितरणसमेत रहनुभएका महर्जनले प्रविधिको रूपान्तरणले चलायमान बनाउन मद्दत गरेको बताउनुभयो । “निर्माताका साथै चलचित्रको सङ्ख्या पनि पहिलेको तुलनामा बढेको छ । प्रविधिले चलचित्र निर्माणदेखि प्रदर्शनसम्म सहजता थपेको छ”, उहाँले भन्नुभयो । एकै किसिमका चलचित्र हेरिरहेका दर्शकलाई फरक विषय र शैलीका चलचित्रले हलसम्म ल्याउन सफल भएको महासचिव महर्जनको भनाइ थियो । निर्माणसँगै चलचित्र भवनमा देखिएको सेवा सुविधा र आधुनिकता पनि त्यसको कारण बनेको महर्जनको बुझाइ छ । उहाँका अनुसार बढिरहेका दर्शकले समाजसँग जोडिएको चलचित्र पर्दामा पाउन थालेका छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution