• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १९, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार (३ महिना अघि)
    TRP_NAWALPUR_IMG_2837-scaled

    Advertisement

    नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरणमार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो ।

    गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमद्वारा उद्यमशीलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो । उहाँले पालिकाभित्र हुने उत्पादनलाई पाठ्यसामग्रीका रूपमा प्रयोग गरिने उल्लेख गर्नुभयो । बृहत् विद्यालय सुरक्षा कार्यक्रमअन्तर्गत पालिकाले विद्यालयमा सुरक्षित बालमैत्री, अपाङ्गमैत्री र प्रविधिमैत्री भौतिक संरचना निर्माण, मर्मतसम्भार तथा सेवासुविधा विस्तारमा ध्यान दिइने अधिकारीको भनाइ छ ।

    शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख अधिकारीले पालिकाभित्र सामुदायिक विद्यालयलाई विद्यार्थीको सङ्ख्या र आवश्यकताका आधारमा विद्यालय समायोजन गर्दै आवासीय विद्यालय र ‘बिग स्कूल’ सञ्चालनको नीति लिइएको बताउनुभयो । सामुदायिक विद्यालयले आधारभूत तह (कक्षा ८) सम्म कुनै पनि शीर्षकमा विद्यार्थीसँग शुल्क लिन नपाउनेगरी पालिकाले बजेट व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।

    पालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि वार्षिक रूपमा वर्ष उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी र उत्कृष्ट वर्ष विद्यालय घोषणा गरी सम्मान तथा पुरस्कार प्रदान गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो । आधारभूत तहसम्मका विद्यालयका विद्यार्थीलाई टिकाइराख्न पोषणयुक्त दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो ।

    त्यस्तै, पालिकाभित्रका सबै विद्यालयलाई ‘जङ्क फुड’ पत्रु खाना निषेधित क्षेत्र घोषणा गर्दै विद्यालयको १०० मिटरको वरिपरि क्षेत्रमा मदिरा र सूर्तिजन्य वस्तु बेचबिखनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने अधिकारीको भनाइ छ । ‘गैँडाकोटको इच्छाः गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ शिक्षा क्षेत्रमा गतिविधि केन्द्रित गरिने भन्दै उहाँले यसअनुरुप व्यावहारिक र प्राविधिक शिक्षामा जोड दिइने बताउनुभयो ।

    त्यस्तैगरी, पालिकाको वडा नं ३ र १८ का गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स, ४० वर्षभन्दा माथिका नागरिक लक्षित क्यान्सर, मधुमेह तथा उच्च रक्तचापको निःशुल्क परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

    पालिकाभित्र रहेका विपन्न, असहाय, सीमान्तकृत नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न आकस्मिक स्वास्थ्य सुरक्षा कोष, ३५ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क प्रदान, सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत गैँडाकोटको सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरीलाई रु पाँच हजार सुत्केरी भत्ता प्रदान गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

    गैँडाकोट नगरपालिकाभित्र प्लास्टिकका सामग्रीलाई निरुत्साहन गर्दै स्थानीय स्रोतबाट बनेको सालको पातका दुनाटपरीको प्रयोगलाई विस्तार गर्ने नीति लिइएको उहाँले बताउनुभयो । ‘एक समूहः एक कृषि नमुना व्यावसायिक खेती’, ‘गैँडाकोटको भिजनः मकै सबै सिजन’, चैते धानको क्षेत्र विस्तार, गैँडाकोटको वडा नं ३ र १८ मा तरुलखेतीलाई प्रोत्साहन, गैँडाकोट-१८ मा स्थापित केरा तथा चिया बगानलाई विस्तार गरी पर्यटन प्रवर्द्धन गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले जाकारी दिनुभयो ।

    पहाडी तथा चरन क्षेत्र नजिकका वडालाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्ने नीतिअनुरुप बाख्रा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी पालिकालाई मासुमा आत्मनिर्भर बनाउने उहाँको भनाइ छ । स्थानीयस्तरमा उत्पादित घरेलु मदिरालाई गुणस्तरीय बनाई ‘लेबलिङ’ गरी व्यावसायीकरण गर्ने नीति लिइएको उहाँले बताउनुभयो ।

    दूध उत्पादनमा ह्रास आउने खोरेत, भ्यागुतेजस्ता सङ्क्रामक रोगबाट पशुधनको क्षति नहोस् भनी हरेक वर्ष यी रोगविरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । खोप कार्यक्रम सञ्चालन गर्दा प्रादेशिक निकायसँग सहकार्य गरिने उहाँले बताउनुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution