• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ ६, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन ७, आईतबार (१ साल अघि)
    202309241228-02005f10-df6f-4122-aee6-5a99c2cb1c39_medium

    Advertisement

    गण्डकी।उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक९सहश्राव्दी पदमार्ग० क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन् ।कोरोनालगायत विविध कारण विगतका केही वर्ष यस क्षेत्रको पदयात्रामा पर्यटक आउने क्रम घटे पनि आगामी दिनमा पर्यटकको आगमन बढ्ने आशा पलाएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । कोरोना महामारीपछि सुस्ताएको यहाँको पर्यटन व्यावसायमा पछिल्ला दिनमा उत्साह थपिँदै गएको बताउँदै उहाँले नयाँ याम सुरु हुँदै गर्दा युरोपियन राष्ट्रका विभिन्न छ समूहले अग्रिम बुकिङ गरिसकेको जानकारी दिनुभयो ।“पदयात्रा गर्नका लागि दिनानुदिन आउने गरेका सोधपुछका कारण पनि हामी उत्साहित छौँ”, गुरुङले  भन्नुभयो, “युरोपियन राष्ट्रकै पदयात्री पर्यटकको एउटा समूह यतिखेर मिलेनियम ट्रकमा पदयात्राकै क्रममा छ ।” सुस्ताएको पर्यटनलाई गति दिने उद्देश्यले समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा गत जेठ २६ गतेदेखि ३२ गतेसम्म उक्त क्षेत्रमा पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा पदयात्रामा खटिने पथप्रदर्शकसहित सरोकारवाला समेतको प्रवर्द्धनात्मक भ्रमण गराइएको उहाँले बताउनुभयो ।तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने उक्त पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएको हो । यस पदमार्गको पहिलो नक्शाङ्कन विसं २०६४र६५ मा गरिएको थियो । “समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्ममा रहेको यस पदयात्रा मार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ”, गुरुङले भन्नुभयो, “पूरै पदयात्रा सम्पन्न गर्न एक हप्ता लाग्ने भए पनि बीचबीचमा छोटो दुरीमा एक दिने हाइकिङदेखि दुई तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य हो ।”
    दुलेगौँडादेखि रामबाछासम्म जोडिएको पदमार्गको लम्बाई ७२ किलोमिटर रहेको मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो । “दुलेगौँडाबाट गाछेपानीस्थित रक गार्डेन, च्यवनधामको दर्शन गर्दै ढोरबाराही मन्दिरबाट अघि बढ्ने यस पदयात्रा मार्गमा ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा हुँदै भैँसेगौँडा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “भैँसेगौँडाबाट चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै स्याङ्जाको रामबाछा पुगी पदयात्रा सम्पन्न हुन्छ ।”कम उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिकले समेत यस क्षेत्रमा पदयात्रा गर्न सक्ने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार पदयात्री पर्यटकलाई लक्षित गरी यस मार्गका विभिन्न १७ स्थानमा होमस्टे९घरवास० सञ्चालनमा आएका छन् । पछिल्लो समयमा पदमार्ग क्षेत्रमा रिसोर्ट एवम् अन्य विभिन्न पूर्वाधार थपिने क्रममा रहेका छन् ।
    पदयात्रासँगै यहाँबाट उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौदी खोला, वरपरको हरियाली पहाड हुँदै पारीतर्फ भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुम निर्मल पोखरी, कृष्ति आदिका मनोरम भूभागले यहाँ आउने पर्यटकको मन लोभ्याउने अध्यक्ष गुरुङको भनाइ थियो । यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यका साथै पदमार्ग क्षेत्रमा ऐतिहासिक एवम् धार्मिक सम्पदालाई विश्व पर्यटन बजारमा अझै पुर्‍याउन नसकिएको उहाँले बताउनुभयो ।प्राकृतिक सुन्दरतासँगै पदमार्गमा विभिन्न गाउँमा जोगाइएका प्राचीन मौलिक संस्कृतिले पनि यहाँको आकर्षण थपेको अध्यक्ष गुरुङले बताउनुभयो । कोरोना महामारीअघि यस पदमार्गमा चहलपहल बढ्दै गएकामा कोरोनापछि भने पर्यटकको आगमन सुस्ताएको उहाँको भनाइ थियो ।पदयात्रासँगै यस क्षेत्रमा अवलोकन गर्न सकिने झन्डै तीन सय वर्ष पुरानो ढोर मूलकोट दरबारसहित यहाँका गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घरलगायत क्षेत्र यहाँको आकर्षक गन्तव्य रहेको ढोरमूलकोट दरबार व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाडले बताउनुभयो । ढोरदरबार सहितका ऐतिहासिक स्थललाई पदयात्रा पर्यटनसँग जोडिएको उहाँले बताउनुभयो ।
    “पदयात्रा मार्गकै चन्द्रकोटस्थित सतौँ राजाको ‘समरप्यालेस’ यहाँको अर्को महत्वपूर्ण आकर्षण हो”, खाडले भन्नुभयो, “चन्द्रकोट दरबारले नेपालका बाइसेचौबिसे राजाको पालाका सतौँ राजाको हिउँदे दरबारका रूपमासमेत ख्याति कमाएको छ ।” उहाँका अनुसार भिरकोट कालिका, यहाँस्थित किल्ला, मिलेनियम गुफा, राइपुरस्थित जन्तेढुङ्गा, गहते मनकामना, देउपुजे ढुङ्गादेखि एक हजार सात सय नौ मिटर उचाइको ऐतिहासिकस्थल बुढाकोटलगायत स्थानले पदमार्गको महत्व बढाएका छन् ।पदयात्राको नयाँ याम सुरु हुँदै गर्दा पछिल्ला समयमा मिलेनियम ट्रेकका सम्बन्धमा आउने गरेका सोधपुछ एवम् अग्रिम बुकिङले आगामी दिनमा ठूलो सङ्ख्यामा पर्यटकले यहाँको पदयात्रा गर्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution