
रुपन्देही । काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस मङ्गलवार बिहानै दाङको अमिलियामा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।प्रहरीका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख लालबहादुर श्रेष्ठले दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका २ सुर्खेतका वर्ष ६८ कि गङ्गादेवी पुलामी र उनका छोरा खगेन्द्र पुलामी रहेका छन् ।यस्तै गुलरिया नगरपालिका ६ बर्दियाका वर्ष ३७ का तिलक सुनार, वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका वर्ष १९ का पवन खड्का, सोही नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष ३० का सुनाईल थापा गम्भीर घाइते भएको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१