
रूपन्देही । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । ग. १ ख ८४८५ नम्बरको बस बिहान ५ बजेतिर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको साइडमा सडकदेखि तल बस खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।
घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक निन्द्राले झुलेका कारण दुर्घटना भएको आशंका प्रहरीको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१