मकवानपुर । राष्ट्रिय वतृत्वकला प्रतियोगिताको उपाधि पूवी नवलपरासीको कावासोतीकी यमकला पौडेल (मनिसा)ले जितेकी छिन् । हेटौंडा जेसिजले आयोजनामा सोमबार हेटौंडामा भएको प्रतियोगितामा अन्तिम चरणमा छनौट भएका नौ जनालाई पछाडि पार्दै उनले उपाधिमा आफ्नो नाम लेखाउन सफल भएकी हुन् । उनले उपाधिसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् । यमकला पौडेल (मनिसा) कावासोतीको मध्यविन्दु बहुमुखि क्यापसको विद्यार्थि हुन् । नवलपुरकी यमकला वतृत्वकलामा राष्ट्रिय च्याम्पियन प्रतियोगितामा पोखराकी सुष्मा आचार्य दोस्रो र नवलपुरकी पुजा पराजुली तेस्रो भइन् । उनीहरूले क्रमशस् नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे । ‘कहाँ छ खुसी’ शीर्षकमा देशैभरबाट छनौट भएका १० जना विद्यार्थीहरूबीच अन्तिम चरणको प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रमका विजेता तथा उपविजेतालाई नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरष्कृत गरेका थिए ।
गृहमन्त्री श्रेष्ठले युवाहरूको नेतृत्व र व्यत्तित्व विकासका लागि सरकाले विशेष योजना ल्याउने प्रतिबद्धता कार्यक्रममा जनाएका थिए । उनले सामाजिक संस्थाहरूले समृद्धि र सुशासनको पक्षमा काम गर्न जरुरी रहेको औंल्याएका थिए ।
हेटौंडा जेसिजले सन् २०२० बाट वतृत्वकला ( पब्लिक स्पिकिङ ) प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए । प्रतियोगिताका निर्णायक घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दीपकराज मिश्रले विजेताको छनौट गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१