• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    फस्टाउँदो ड्रागन खेती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन १६, मंगलबार (२ साल अघि)
    photo-dragan

    Advertisement

    तनहुँ I तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गर्नुभएको ड्रागन खेतीबाट रु.आठ लाख बराबरको ड्रागन बिक्री गरिसक्नुभएको छ । विसं २०७९ वैशाखदेखि व्यवसाय थाल्नुभएकी गौलीले एक वर्षको अवधिमा आठाँै पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताउनुभयो । “अझै पनि फार्मबाट करिब रु छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो । अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘‘यस पटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु ।” १२ देखि १४ पटकसम्म फल दिन सक्ने उहाँको आशा रहेको छ । उहाँलाई बजारको कुनै समस्या छैन । उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको उहाँले बताउनुभयो । वैशाख महिनामा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुनेछ । ‘‘कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानु हुन्छ’’,उहाँले भन्नुभयो ‘कुनै समयमा आफैँले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु ।’’ उत्पादित ड्रागन प्रतिकिलो रु.पाँच सयदेखि रु.छ सयसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

    करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक रु.२० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताउनुभयो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको थियो । उहाँले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाउनु भएको छ । उहाँले गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थियो । फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चारवटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिनुभयो । एउटा पोलमा करिब रु १० हजारका दरले खर्च भएको उहाँको भनाइ छ ।त्यसै गरी कृषक गौलीले यस वर्ष रु तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गर्नुभएको छ । प्रतिबिरुवा रु दुई सयदेखि रु पाँच सयसम्म बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरू आउने गरेका  छन् । उहाँको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन् ।

    त्यसै गरी कृषक गौलीले नेपालमा अर्ग्यानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको गुनासो गर्नुभएको छ । चिसो मौसममा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्ग्यानिक विषादीको प्रयोग गर्ने गरेको उहाँको भनाइ रहेको छ । निमपत्ता, असुरो, तीतेपाती, खिर्रो, बनमासा, सिमाली र गौमुत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित हुनु भएको छ । व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आउनुभएको छ । स्थानीय स्तरमा उत्पादित अर्ग्यानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution