
काठमाडौं।काठमाडौंमा मादक पदार्थ सेवन गरेर छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बाबुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । २०७९ माघ ८ गते जोरपाटीमा ८ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै श्रीमान्विरुद्ध श्रीमती (आमा) ले जाहेरी दिएकी थिइन् ।जाहेरवालाका अनुसार छोरीले गत भदौ १४ गते करिब एक वर्ष पुरानो घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । बालिकाले बाबुले मादक पदार्थ सेवन गरेर आएर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । ल्होसारका दिन आमा बाहिर गएको र दिदी अर्कै कोठामा रहेको मौकामा बाबुले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका बाबुले आफूलाई श्रीमतीले फसाएको र छोरीमाथि कहिल्यै त्यसो नगरेको दाबी गरेका छन् । भदौ १४ गते छोराको जन्मदिन मनाएर त्यसमा संकलन भएको पैसा लिएर आफू ललितपुरको चापागाउँमा गलैँचा कारखानामा काम गरेर बसेको र भदौ २३ गते कोठामा फर्कँदा श्रीमतीले प्रहरी लगाएर पक्राउ गरेको उनले बयानका क्रममा उल्लेख गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१