
कावासोती। गण्डकी प्रदेशका पूर्व संचारमन्त्री एवम् गण्डकी प्रदेशका माननीय रोशनबहादुर गाहले गण्डकी प्रदेश सभामा टेबल भएको संचार विधेयक अन्तिम चरणमा रहेको बताएका छन् । सरोकारवालासँग छलफलपछि विधेयकका केही बुँदामा हेरफेर हुने हुंदा अब छिट्टै सार्वजनिक गरिने बताएका छन् ।
नवलपुरको कावासोतीबाट प्रकाशित हुने नमुना सन्देश साप्ताहिकको आठौँ वार्षिकउत्सव कार्यक्रममा बोल्दै गाहले सो कुरा बताएका हुन् । नवलपुर जिल्लामा खुलेका आधिकारीक मिडिया हाउसलाई बिज्ञापन उपलब्ध गराउन समेत आफू लागिपरेको उनले बताएका छन् । जिल्लाको बिकासमा नवलपुरको मिडियाले महत्वपूर्ण कार्य गरेको भन्दै उनले प्रसंशा गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१