• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भारतीय नोट साट्ने नाममा सीमा क्षेत्रमा ठगिन्छन् नेपाली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन २९, सोमबार (२ साल अघि)
    Dhangadhi-nepali-people-1024x576

    Advertisement

    धनगढी । दशैँ नजिकिएसँगै सुदूरपश्चिमका सीमा नाका हुँदै भारतबाट धेरै नेपाली घर फर्किरहेका छन् । मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गएकाहरु दशैं मनाउन फर्किन थालेपछि नाका क्षेत्रमा चहलपहल बढेको छ ।कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको जोलजीवी र बैतडीको झुलाघाटबाट स्वदेश फर्किनेको लर्को नै लागेको छ । यी नाकाबाट पछिल्लो तीन हप्तामा ८ हजार जना नेपाली स्वदेश फर्किएका स्थानीय प्रशासनहरुले जनाएका छन् ।चाडपर्वको समयमा स्वदेश फर्किनेहरुले नाकामा अनेक खालका सास्ती व्यर्होनुपर्ने कुरा नौलो होइन । चेकजाँचका नाममा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीले अनावश्यक दुःख दिदा नाकामा सास्ती खेप्नुपर्ने बाध्यता नेपाली मजदुरहरुको छ । पछिल्लो समय नेपालमा सरकारले पाँच सय र एक हजार दरको भारतीय नोट प्रतिबन्ध गरेपछि यसको फाइदा सीमावर्ती क्षेत्रका विचौलियाहरुले लिइरहेका छन् ।भारतबाट फर्किने नेपालीले नोट सटहीका नाममा ३ देखि १० प्रतिशतसम्म कमिसन दिनुपरेको छ । दशैँ मनाउन बिहीबार कैलाली फर्किएका लम्कीचुहा नगरपालिका–६ का हरिश खत्रीले पैसा सटहीको नामममा विचौलियाले दुःख दिएको गुनासो गरे । खत्रीले आफूसँग भएको दुई लाख भारतीय रुपैयाँ साट्दा २० हजार रुपैयाँ मागिएको सुनाए ।

    ‘सरकारले हामी जस्ता गरिबलाई न आफ्नो देशमा रोजगारी दिन्छ न त अरुको देशमा कमाएको पैसाले ढुक्कसँग बाँच्न दिन्छ । हामी जस्ता मजदुरहरुलाई लुट्नकै लागि भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाइएको छ’, खत्री आक्रोशित सुनिए ।खत्रीले वनगाउँमा खोका राखेर भारतीय रुपैयाँ सटही गरिराखेका विचौलियाले सुरु १० प्रतिशतका दरले दुई लाख साट्दा २० हजार मागेपनि अन्तिममा १० हजारमा मानेको बताए । नेपालमा भारतीय रुपैयाँ नचल्ने भएका कारण बाध्य भएर विचौलियालाई कमिसन तिरेर साट्नुपरेको खत्रीले सुनाए । ‘अब यो साट्नैपर्ने बाध्यता भइहाल्यो नि ?’, खत्रीले भने, ‘त्यहाँ नसाटे नेपालमा चल्दैन । सटही काउन्टरहरुले पनि हिजोआज के गर्ने गरेका छन् थाहा छैन । यो बाध्यताको अन्त्य गर्न सरकार गम्भीर बनोस् ।’ धान रोपेर उत्तराञ्चल प्रदेशको कुल्लु मनाही गएका उनी घरपरिवारसँग दशैँ मनाउन स्वदेश फर्किएका हुन् ।लम्कीकै जनकबहादुर शाहीले सीमा क्षेत्रमा निकै दुःख पाइएको सुनाए । भारतीय रुपैयाँ सटही, सुरक्षाकर्मीले चेकजाँचका नाममा दिने दुःखका कारणले सास्ती खेप्नुपरेको उनको गुनासो छ ।‘तपाईंले जति भारतीय पैसा साट्नुहुन्छ त्यसको १० प्रतिशत कमिसन हामीलाई चाहिन्छ नभए नेपालमा यो नोट चल्दैन लगेर के गर्नुहुन्छ ? भनेर हामीलाई विचौलियाले दुःख दिए’, शाहीले भने, ‘बाध्यताले नोट उनीहरुसँगै साटियो । अलि वर पुग्दा चेकिङका नाममा भारतीय एसएसबीले अनावश्यक केरकार गरेर दुःख दियो । हामीले भारत आउँदाजादा कहिलेसम्म उहाँहरुले दिने सास्ती खेप्नुपर्ने हो ?’

    दार्चुलाको शैल्यशिखर नगरपालिका–३ का मनोज धामीले पनि उस्तै गुनासो गरे भारतको सीमावर्ती बजार वनगाउँदेखि गौरीफन्टा नाकासम्म विचौलियाहरुको बिगबिगी रहेको उनको भनाइ छ । भारतीय रुपैयाँ साट्ने मात्र नभइ अनेक बहानामा ठग्ने, दुःख दिने र चर्को भाडा असुल्ने समूह नाका क्षेत्रमा सक्रिय रहेको उनी बताउँछन् ।‘म विगत पाँच वर्षदेखि भारतको दिल्लीमा एउटा होटलमा काम गर्दै आएको छु । सीमा नाकामा दुःख पाइन्छ भनेर घर, परिवारका लागि मनि ट्रान्सफरबाट पैसा पठाएको थिएँ,’ धामीले भने, ‘अलिअलि बाटो खर्च लिएर आएका कारण सटही गर्नेहरुबाट ठगिएन तर भारतीय र नेपाली सुरक्षाकर्मीले अनेक बहानामा दुःख दिने गरेका छन् ।’ नेपाली अटो रिक्सा चालकहरुले गौरीफन्टा नाकाबाट धनगढी चौराहसम्म लगेको एक सयदेखि डेढ सय रुपैयाँसम्म असुल्ने गरेको नेपाल फर्किनेहरुको गुनासो छ ।

    प्रजिअ भन्छन् ट्ठ नेपालभित्रै साट्ने व्यवस्था गर्छौं

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँ सटहीको विषय दुई पक्षको आपसी समझदारीको भएको बताए । तर भारतबाट फर्किरहेका नेपालीलाई खल्तीमा नगद बोकेर नआउन र सकभर भारतबाटै नेपालमा रहेका आफन्तको खातामा पैसा जम्मा गर्न आग्रह गरेका छन् ।‘यो कुरा दुई पक्षको आपसी सहमतिमा हुने होला । हामी कहाँ त्यसरी कसैले पनि उजुरी वा गुनासो गर्नुभएको छैन’, डीएसपी चन्दले भने, ‘तर दशैं मनाउन भारतबाट फर्किने दाजुभाइहरुलाई सकभर नगद नल्याउन आग्रह गर्छौं । उतैबाट पठाउनुस्, ल्याउनै परेमा मनी एक्सचेन्ज सेन्टरमा गएर साट्नुस् ।’कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दशैं मनाउन घर फर्किने नेपाली नोट सटहीका नाममा चर्को रकम लिएको विषयमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले नेपाल राष्ट्र बैँकमा गएर भारतीय रुपैयाँ साट्न सकिने भएकाले सबैलाई विचौलियासँग कारोबार नगर्न आग्रहसमेत गरे ।‘अहो ! यो निकै गम्भीर कुरा हो । अहिलेसम्म कतैबाट गुनासो आएको थिएन । अब हामीलाई जानकारी भयो । त्यसरी नेपाली मजदुरबाट सटहीका नाममा चर्को रकम लिनेहरुलाई कारवाहीको दायरामा ल्याउन पहल गछौं’, उनले भने ।

    प्रजिअ कट्टेलले राष्ट्र बैँकसँग समेत यो विषयमा कुराकानी गर्ने र सटहीको सहज व्यवस्था गर्ने बताए ।कट्टेलले दशैं मनाउन भारतबाट स्वदेश फर्किनेहरुको जानकारीका लागि भारतीय नोट सटहीको व्यवस्थाबारे सूचनामार्फत जानकारी गराउने समेत बताए ।भारतबाट फर्किने नागरिकले अनावश्यक दुःख नपाउन् भनेर नाका क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको, चोरी तस्करी नियन्त्रण गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution