
कावासोती । पोखरीताल पर्यटकीय स्थलको आयोजना तथा रोटरी क्लव अफ कावासोती र मध्यविन्दु आँखा अस्पतालको सहयोगमा सोमबार कावासोती ६ मा निःशुल्क मोतीविन्दु परिक्षण शिविर भएको छ ।
विष्णुनगर आधारभूत स्वास्थ्य चौकीमा भएको शिविरमा २०७ जनाको आँखा परिक्षण गरिएको थियो । उक्त परिक्षणमा ४५ जनामा मोतिविन्दु भेटिएको आयोजक पोखरीताल पर्यटकीय स्थल समितिका बिष्णु भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार मोतिविन्दु भएको व्यक्तिहरुको मंसिर १२ गते कावासोतीमा निःशुल्क अप्रेशन हुनेछ ।
शिविरमा कावासोती १, ६, ४ सहित विभिन्न स्थानका स्थानीयहरु सहभागी भएको थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१