• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ९, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देशैभर घट्यो खसी–बोकाको बिक्री

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार (१ साल अघि)
    Khasi-BOka-BhedaChangra-1024x410

    Advertisement

    काठमाडौं । धादिङको नीलकण्ठ– ५ का पूर्णबहादुर श्रेष्ठ काठमाडौंको नागार्जुन नगरपालिका– १ मा मासु पसल चलाउँछन् । उनको धादिङ मिट सपले हरेक वर्ष दशैंमा निकै राम्रो व्यापार गर्थ्यो । यस वर्ष पनि दशैं नजिकिएसंगै पूर्णबहादुरले धादिङ र गोरखाबाट मासु बिक्रीका लागि २ दर्जन खसी–बोका खरिद गरेर ल्याए ।फूलपातीको अघिल्लो दिन काठमाडौं आइपुगेका खसी–बोकाको मासु पुरै बिक्री होलान् भन्ने उनको आशा थियो । तर, दशैं सकियो उनले गाउँबाट ल्याएको खसी–बोका अझै दाम्लोमै छन् ।यस पटक मानिसहरु दशैंमा मासुमा खर्च गर्न हच्किएको उनको अनुभव छ । ‘यो वर्ष मान्छेहरुले मासु नै कम खाए । सिङ्‍गो खसी खानेले आधा मात्रै खाए । आधा खानेले केही किलो मात्रै खाए,’ उनले अनुभव सुनाए, ‘पैसा नै नभएका कारण ग्राहकले मासुमा कम खर्च गरे ।’

    कैलालीका अमर राना दशैंका बेला सातजना साथीहरुसँग मिलेर दार्जुला र बैतडीबाट खसी–बोका तथा भेडा–च्याङ्‍ग्रा ल्याएर धनगढीलगायतका बजारमा बिक्री वितरण गर्थे । यसपटक पहिलेभन्दा थोरै खसीबोका ल्याएको तर त्यो पनि सबै बिक्री नभएर आफ्नो समूह यसपालि ठूलो घाटामा गएको राना बताउँछन् । गत वर्ष २५ सयको संख्यामा खसी–बोका, च्याङ्‍ग्रा र भेडा बिक्री गरेकामा यो वर्ष ६ सय गोटा पनि मुस्किलले बिक्री गरेको राना बताउँछन् ।

    कैलालीका अमर रानाले दशैंका लागि बिक्री गर्न ल्याएका च्याङ्‍‍ग्राहरू ।
    पहिलो लटमा बजार झार्न भनेर किनेर राखेका १५० गोटा खसी–बोका बिक्री नहुने भएपछि पहाडबाट अझै नझारेको उनले बताए । ती खसी–बोका, च्याङ्‍ग्रा र भेडा तिहारका लागि धनगढी झार्ने तयारी गरेको अमर बताउँछन् ।काठमाडौं र धनगढीमा मात्रै होइन, देशभर नै गाउँदेखि सहरसम्म यस पटक उपभोक्ताले मासुको खपत घटाएको व्यवसायीहरु बताउँछन् । कतिपय किसानहरुले घरबाटै खसी बिक्री गर्न पाएनन भने बिक्री गरे खसी–बोका, च्याङ्‍ग्रा र भेंडा पनि बजारमा खपत नभएको व्यापारीको भनाइ छ ।

    खसीको मासु बिक्रीमा परिचित नयाँ बानेश्वरको आइकालु मिट सपमा पनि यस पटक ग्राहकले मासु बाहेकका अन्य उत्पादनको किनमेल नगरेको लेखा प्रमुख गोपाल पाण्डे बताउँछन् । ‘पहिले पहिले मासु किन्न आउँदा ससेज लगायतका अतिरिक्त मासुजन्य वस्तु खरिद गर्थे,’ पाण्डे भन्छन्, ‘यस पटक मासु राम्रो बिक्री भयो तर उपभोक्ताले अन्य उत्पादन खरिद गरेनन् ।’ फ्रोजन मासु तथा मासुजन्य अन्य सामग्रीको बिक्री घटेको उनले सुनाए ।काठमाडौंमा मात्रै दशैंमा ६० हजार खसी–बोका बिक्री हुने गरेकोमा यस वर्ष करिब आधा मात्रै खपत भएको अनुमान रहेको नेपाल राष्ट्रिय मासु व्यवसायी संघ अध्यक्ष रमेश खड्गी बताउँछन्

    सरकारकै खसी पनि बिकेनन्

    दशैंमा उपभोक्तालाई सहुलियत दिन भन्दै सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष २२ सय १३ वटा खसी–बोका र च्याङ्‍ग्रा खरिद गरेको थियो । तर, दशैंमा ती सबै खसी–बोका, च्याङ्‍ग्रा बिक्री भएनन् । कम्पनीका अनुसार बागमती प्रदेश कार्यालय थापाथलीमा २७० गोटा च्याङ्‍ग्रा र ३० खसी बिक्री नभएर बसेका छन् । खसी–बोका र च्याङ्‍ग्राको मूल्य ३ पटक मूल्य घटाउँदा पनि बिक्री नभएको कम्पनीले जनाएको छ ।कुल १६ सय ५९ वटा खसी–बोका र ५५४ गोटा च्याङ्‍ग्रा खरिद गरेकामा ३ सय गोटा नबिकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । बजार मूल्यमा प्रतिस्पर्धी नभएर हो कि भनेर मूल्य घटाइए पनि अझै बिक्री नभएको कम्पनीले जनाएको छ ।

    कम्पनीले पहिलोपटक जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६८० र च्याङ्‍ग्राको १२६० रुपैयाँ तोकेको थियो । तर, त्यतिमा बिक्न गाह्रो भएपछि दुवैमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको न्यौपानेले बताइन । यस्तै, दोस्रोपटक खसी–बोकाको ६६० र च्याङ्‍ग्राको १२३५ र तेस्रो पटक घटाएर खसी–बोकाको ६०० र च्याङ्‍ग्राको ११६० रुपैयाँ प्रतिकिलो कायम गरिएको कम्पनीले जनाएको छ । तर, यति मूल्यमा पनि पूरै खसीबोका बिक्री नभएको उनले बताइन् ।

    दशैंमा देशभर यस्तै भयो संघ

    संघका अनुसार यो वर्षको दशैंमा देशैभर मासुको बिक्रीमा ह्रास आएको छ । उपभोक्ताले खुलेर चाडपर्वमा खर्च गर्न नसकेका कारण गाउँबाट ल्याएको खसी–बोका गाउमै फर्काउनु पर्ने अवस्था आएको संघका अध्यक्ष रमेश खड्गीले बताए । काठमाडौंमा मात्रै ६० हजार खसी–बोका दशैंमा बिक्री हुनेमा यस वर्ष करिब आधा मात्रै खपत भएको अनुमान रहेको अध्यक्ष खड्गी बताउँछन् ।‘मासु खाने मानिसहरु विदेश गए । भएकासँग पैसा भएन,’ अध्यक्ष खड्गी भन्छन्, ‘यो वर्ष हामीले नसोचेको अवस्था मासु व्यापारमा आएको छ । खसी फिर्ता लगेको तपाईले देख्न पाउनुहुन्छ ।’यो साल सबै प्रकारका मासुको बिक्री घटेको संघका उपाध्यक्ष उमेश खड्गीले बताए । मानिसहरुलाई आर्थिक रुपमा समस्या भएका कारण खर्च गर्नमा हच्केको हुन सक्ने उनको अनुमान छ । काठमाडौंमा करिब ३ वर्षदेखि खसीको मासुको मूल्य १३ सय रुपैयाँ हाराहारी रहेको संघको भनाई छ । मूल्य नबढे पनि बजारमा ठूलो मात्रामा खपतमा ह्रास आउनुको कारणबारे विस्तृत तथ्यांक संकलनकै क्रममा रहेको संघको भनाइ छ ।खसी, बोका र च्याङ्‍ग्रा सहित कुखुराको मासु समेत बिक्री बजारको आकार भन्दा आधाले घटेको संघको दाबी छ । तर, सरकारसँग यसबारे यथेष्ट तथ्यांक नभएका कारण यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

    सरकारले २०७६ सालदेखि भारत लगायतका मुलुकबाट खसी बोका आयातमा प्रतिबन्ध लगाएको छ । गत महिना सार्वजनिक भएको राष्ट्रिय कृषि गणनाको तथ्यांकअनुसार नेपालमा पछिल्लो एक दशकमा खसी र बोकाको संख्यामा डेढ गुणाले वृद्धि भएको छ । २०६८ सालमा एक करोड ९ लाख ९० हजारको संख्यामा रहेको खसी बोकाको संख्या २०७८ मा आइपुग्दा एक करोड ४२ लाख ४२ हजार पुगेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution