
रुपन्देही । पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीका एक युवा पक्राउ परेका छन् । गुल्मीको ईस्मा गाउँपालिका ६ घर भएका २६ वर्षीय जिज्ञाश दाहाललाई मंगलबार बेलुकी पाल्पा प्रहरीले जबरजस्ती करणी आरोपमा पक्राउ गरेको हो ।
तानसेन नगरपालिका ८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१