
यसअघि उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।२६ कात्तिक लक्ष्मीपूजाको दिन राति साढे १० बजे उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो ।आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइते भएका थिए ।घाइते मध्ये सात जनाको अवस्था गम्भीर थियो । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।