• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २८, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको छिपछिपे सहकारीमा बचतकर्ताको १० करोड हिनामिना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० चैत्र २३, शुक्रबार (१ साल अघि)
    thumb

    Advertisement

    नारायण शर्मा ,पूर्वी नवलपरासी ।  कावासोतीको फिल्महल चोकमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १० करोड बचत हिनामिना भएको आशंकामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले छानबिन थालेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको उजुरीका आधारमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको हो । ०७२ देखि ०७९ सम्म एउटै व्यक्ति सहकारीको अध्यक्ष र व्यवस्थापक भएर बचत हिनामिना गरेको छानबिनका क्रममा देखिएको छ । बर्दिया घर भएका सहकारीका तत्कालीन अध्यक्ष तथा व्यवस्थापक योगेन्द्र पाण्डेले सहकारीको रकम मिटरब्याजमा समेत लगानी गरेको आशंकामा अनुसन्धान भइरहेको छ । गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय प्रमुख भेषराज रिजालले पाण्डेले सहकारीकै पैसा झिकेर मिटरब्याजमा लगाएको तथा बिनाधितो आफू र नजिकका व्यक्तिलाई कर्जा प्रवाह गरेकोसमेत छानबिनका क्रममा देखिएको बताए । ‘यही चैत मसान्तसम्म हिसाब मिलाउन भनेर जिम्मा लगाएका छौं, कति रकम मिटरब्याजमा लगाएका छन् त्यसपछि खुल्छ,’ रिजालले भने ।

    पाण्डेले चितवनको एउटा सहकारी संस्थामा करिब १ करोड र बर्दियाको सहकारीमा करिब ९० लाख रुपैयाँ रकमान्तर गरेको पाइएको पनि उनले बताए । ‘अन्तरसहकारी रकम हस्तान्तरण गर्न त पाइन्छ तर कुन उद्देश्यले गरिएको हो भनेर अनुसन्धान भइरहेको छ,’ रिजालले भने । पाण्डेले अहिले कावासोती–२ पञ्चकन्या चोकमा घर बनाएर बसोबास गरेका छन् । व्यवस्थापक पाण्डेले कावासोती–१६ मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर ०७९ पुसमा सहकारीबाट आफैंले ३२ लाख रुपैयाँ ऋण लिएका थिए ।

    सहकारीका वर्तमान अध्यक्ष गोपी शर्माले सञ्चालक समितिको बैठकबिनै जग्गाको नक्कली कागजात बनाएर पाण्डेले मालपोतबाट धितो फुकुवा गराएर अन्तै बिक्री गरिसकेको जानकारी दिए । एउटै व्यक्ति सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापक रहेर तालुकदार निकायमा वर्षौंसम्म हिसाब पेस नगर्दासमेत संस्थाको निगरानी गर्ने प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय बेखबर रहेको बचतकर्ताको आरोप छ ।

    पाण्डेले आफैं सहकारीको अध्यक्ष र निर्देशक बनेर आफ्नी बहिनी नाता पर्ने (सानीआमाकी छोरी) सुनीताकुमारी न्यौपानेलाई व्यवस्थापक बनाएरसमेत रकम हिनामिना गरेको पाइएको वर्तमान अध्यक्ष शर्माले जानकारी दिए ।त्यसको एक महिनापछि ऋण लिँदा धितो राखेको जग्गा आफैंले नक्कली कागजात बनाएर फुकुवा गरिसकेको देखिन्छ । उनले मालपोत कार्यालयबाट आफ्नो जग्गा फुकुवा गराए पनि कर्जा भने तिरेका छैनन् । ‘व्यवस्थापक र अध्यक्ष रहेका पाण्डे एक्लैले ४/५ करोड आफन्तलाई बिनाधितो ऋण दिएको देखिन्छ,’ अध्यक्ष शर्माले भने, ‘कावासोती–४ निवासी क्रसर व्यवसायी माधव डुम्रे र शिव लामिछानेलाई बिनाधितो ७५/७५ लाख कर्जा दिएका छन् । उनीहरू दुवैको गरेर करिब २ करोड ४३ लाख असुली हुनुपर्ने देखिन्छ । त्यत्रो रकम बिनाधितो ऋण लगानी गरेका रहेछन् ।’ उनीहरू दुवै जनालाई ०७७ मा ऋण दिइएको अध्यक्ष शर्माले बताए ।

    सहकारी रजिस्ट्रार कार्यालय प्रमुख रिजालले छिपछिपे सहकारीमा सामान्य बचतकर्ताको रकमसमेत फिर्ता नभएको निवेदन परेपछि सहकारी विश्लेषक निर्मल गौतमको संयोजकत्वमा छानबिन गरेको हो । सहकारीमा टेम्पो चालक, दूध बिक्री गर्ने कृषक, रिक्सा चालक, निर्वाहमुखी जीवनयापनका लागि ससानो खुद्रा पसल थापेकाहरूले दैनिक, साप्ताहिक र मासिक बचत गर्दै आएका थिए । रकम फिर्ता नपाएपछि बचतकर्ता दिनहुँ प्रहरी, वडा, जिल्ला प्रशासन कार्यालय र नगरपालिका कार्यालय धाउन थालेका छन् । शर्मा डेढ वर्षअघि सहकारीको अध्यक्ष भएका थिए । रकम अपचलन भएको र सहकारी डुबेको देखेपछि आफूले २०८० जेठमा जिल्ला प्रहरीमा कारबाही र छानबिनको निवेदन दिँदासमेत बेवास्ता भएको अध्यक्ष शर्माले बताए । आफू अध्यक्ष भएपछि संस्थाको हिसाब किताब खोज्दा नदिएपछि छानबिनका लागि निवेदन दिएको शर्माको दाबी छ । यो सहकारीमा सेयर सदस्य र बचतकर्तासमेत गरेर २ हजार ३ सय ९३ जना आबद्ध छन् । बढी ब्याज पाउने आसमा यहाँका धेरैजसो व्यापारीले समेत बचत जम्मा गरेको पाइएको छ ।

    कावासोती–२ की बसन्धरा अर्यालले छोरी–ज्वाइँले ०७६ देखि विदेशबाट पठाएको साढे १० लाख जति बचत फिर्ता माग्न जाँदा नपाएको बताइन् । ‘२ लाख मुद्दती र ८ लाख ४२ हजार ६२ नियमित बचत गरेर १० लाख ४२ हजार ६२ रुपैयाँ पुगेपछि झिक्न जाँदा दिएनन्,’ अर्यालले भनिन्, ‘बचत फिर्ता दिलाइदिन धेरै दिन प्रहरीकोमा पनि धाएँ । अब छोरी–ज्वाइँलाई कसरी मुख देखाउने ?’ उनी जस्तै २४ बचतकर्ता बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा भेला भएका थिए ।

    कावासोती–२ फलफूल चोकका मासु पसले खेमलाल पौडेलले छोरीको नाममा १५ वर्षका लागि मुद्दती खातामा राखेको २ लाख रुपैयाँ झिक्न खोजेको तीन महिना बित्दा पनि नपाएको सुनाए । ‘सहकारी डुब्यो भन्ने हल्ला चलेपछि सकिनसकी बचत गरेको पैसा निकाल्न खोजेको थिएँ, तीन महिनासम्म पनि फिर्ता पाउन सकेको छैन,’ उनले भने ।

    स्थानीय तेजबहादुर खत्रीले अपांगता भएकी छोरीले सामाजिक सुरक्षा भत्ताबापत मासिक ४ हजार पाउने रकम बचत गरेर पुर्‍याएको ३ लाख फिर्ता पाउन नसकेको बताए ।‘छोरीले ३ महिनामा पाउने १२ हजार बचत गर्दै आएर पासबुकमा ३ लाख जम्मा भएको छ तर सहकारीले रकम फिर्ता माग्दा दिँदैन,’ उनले भने, ‘हामी निमुखाको उद्धार गरिदिने कोही भएनन् ।’

    दलका नेताहरू नै हिनामिना गर्ने व्यक्ति जोगाउनतर्फ लागेको बचतकर्ताको आरोप छ । हाल सहकारीमा ठ्याक्कै कति रकम बचत छ भनेर आफूलाई जानकारी नभएको भन्दै अध्यक्ष शर्मा पन्छिए । एक व्यक्तिले २४ सयदेखि ४३ लाखसम्म बचत जम्मा गरेको पाइएको छ । जिल्ला प्रहरीका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले बचतकर्ता, व्यवस्थापक पाण्डे र सञ्चालक समितिमा रहेकालाई बोलाएर बिहीबार पनि छलफल गरेको बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution