• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    २०८४ देखि नवलपुरको धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ २५, मंगलबार (१ साल अघि)
    tama-khani

    Advertisement

    काठमाडौँ । हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन गर्ने भएको हो ।अध्ययनका क्रममा धौवादीको १० किलोमिटर क्षेत्रमा ठूलो परिमाणमा फलाम खानी पत्ता लागेको थियो । विसं २०७६ भदौ ४ गते मन्त्रिपरिषद्ले निर्णय गरी ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिसकेको छ । उक्त कम्पनी विसं २०७६ असोज ९ गते कम्पनी रजिष्ट्रार कार्यालयमा ‘धौवादी फलाम कम्पनी लिमिटेड’को नाममा दर्ता भइ सोही वर्षको फागुनदेखि सञ्चालित छ । भारतको एम एण्ड दस्तुर, एस आर के र नेपालको जेड कम्पनीले आठ महिना लगाएर फलाम खानी बारे अध्ययन गरेको छ । उक्त अध्ययन प्रतिवेदनमा विसं २०८४ देखि फलाम उत्पादन गर्न सकिने उल्लेख छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा जनकबहादुर चन्दले धौवादी फलाम खानीमा आधारित आइरन/स्टिल उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन भई अन्तिम प्रतिवेदन प्राप्त भएको बताउनुभयो ।

    अध्ययनले आइरनः स्टिल उत्पादन गर्न आर्थिक र प्राविधिक रूपमा सम्भव देखिएको उहाँको भनाइ छ । आगामी दिनमा माइनिङ सेस्मिक (उत्खनन गर्दा हुने कम्पन), वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) र विस्तृत परियोजना प्रतिवदेन तयार गरी उत्पादनतर्फ लागिने कम्पनीले जनाएको छ । डा चन्दका अनुसार उद्योग स्थापना भएसँगै दुई हजारदेखि दुईहजार पाँच सयले प्रत्यक्ष र २० देखि २५ हजार जनशक्तिले अप्रत्यक्ष रूपमा रोजगारी पाउनेछन् । अध्ययनले परियोजनाको पुँजीगत लागत ५१ अर्ब २५ करोड लाग्ने प्रक्षेपण गरेको छ । उक्त लगानी असुल भइ कम्पनी नाफामा जान सात वर्ष लाग्ने प्रतिवेदनमा उल्लेख छ । कम्पनीले उद्योगको लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाइसकेको छ ।धौवादी फलाम खानीबाट निकाल्न सकिने परिमाण र गुणस्तरका बारेमा सरकारले यसअघि चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो । चिनियाँ प्रयोगशालाले उक्त खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको पुष्टि भएको जनाएको थियो ।सुरुमा ४५ प्रतिशत निजी र ५५ प्रतिशत सरकारले लगानी गर्ने तय भएपनि लगानीको ढाँचा टुङ्गो लागेको छैन । आइरनरस्टिल उत्पादन क्रममा उद्योगको डिआरआई (डाइरेक्ट रिड्युस आइरन) प्लान्टबाट करिब ७० मेगावाट विद्युत्समेत उत्पादन हुनेछ । धौवादी क्षेत्रमा फलाम उत्पादन भएमा २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न सकिने कम्पनीले जनाएको छ ।

    उक्त क्षेत्रमा नौ करोड ९० लाख टन फलाम रहेकामा नौ करोड ६० लाख टनमात्र उत्खनन गर्न सकिने बताइएको छ । कम्पनीका अध्यक्ष एवम् खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी विभागले विसं २०६८ देखि फलाम खानीको अध्ययन गर्दै आएको बताउनुभयो । “नेपालमा रहेको फलाम खानीबाट फलाम उत्पादन गरी बिक्रीवितरण गर्न सके मुलुकको अर्थतन्त्रमा टेवा पुग्थ्यो”, उहाँले भन्नुभयो ।महानिर्देशक घिमिरेले खानी तथा भूगर्भ विभागले देशभरका साना तथा ठूला खानीको अध्ययन अनुसन्धान गर्दै आएको बताउनुभयो । कम्पनी सञ्चालनमा आउँदा व्यापारघाटामा कमी, रोजगारी सिर्जना, फलामजन्य कच्चापदार्थको आयातमा कमी, पूर्वाधार औद्योगिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution