• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    समस्याको चक्रब्यूहबाट बाहिर निस्केर अघि बढ्दै राहुघाट   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (३ साल अघि)
    85

    Advertisement

    – रमेश लम्साल र सन्तोष गौतम
    काठमाडौँ । निर्माण व्यवसायीको लापरवाही, अनेकन हण्डर ठक्कर व्यहोरेको म्याग्दीमा आयोजनास्थल रहेको एक जलविद्युत् आयोजनाले अहिले भने उल्लेख्य मात्रामा गति लिएको छ ।नेपाल विद्युत् प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण सम्पन्न भए पनि बाँकी रहेको राहुघाट जलविद्युत् आयोजना भने अनेक आरोह–अवरोह पार गर्दै बल्ल गति लिने अवस्थामा पुगेको हो । कूल ४० मेगावाट क्षमताको सो आयोजना निर्माणले गति लिएको जनाइएको छ ।

    लगानी बोर्डको सोमबार बसेको बैठकले सो आयोजनाको लगानीसमेत स्वीकृत गरेको छ । बोर्डका प्रवक्ता अमृत लम्सालका अनुसार राहुघाट जलविद्युत् आयोजनाका लागि रु नौ अर्ब ४७ करोड ३० लाख बराबरको लगानी स्वीकृत गरिएको हो । रु पाँच अर्ब माथिको लगानी बोर्डले स्वीकृत गर्नुपर्ने बन्दोबस्तीअनुसार राहुघाटको हकमा पनि निर्णय भएको हो ।

    शुरुमा प्राधिकरण आफँैले निर्माण गरेको सो आयोजना पछिल्लो पटक भने कम्पनी मोडलमा अगाडि बढाइएको छ । आयोजनाको क्षमतासमेत बढाएर ४० मेगावाट पु¥याइएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको यो आयोजना म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा बाँध, सुरुङ र विद्युतगृहलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् ।

    रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा पछिल्लो पटक बाँध निर्माण शुरु गरिएको छ । आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार ‘राइट ब्याङ्क एक्साभेसन’ निर्माण भएको, ‘लेफ्ट ब्याङ्क एक्साभेसन’सँगै बाँधको निर्माण थालिएको छ ।

    “बाँधको फाउण्डेशन बनाएर पिसिसी ढलान थालिएको छ”, उहाँले भन्नुभयो, “अर्धजलाशययुक्त ९पिआरओआर० प्रविधिको बाँध निर्माण गर्न लागिएको हो ।” त्यसबाट बढी बिजुली आवश्यक पर्ने साँझ बिहानको समयमा पूर्णक्षमतामा नै आयोजना चलाउन सकिन्छ ।

    बाँधको बायाँतर्फ एक्साभेसन बनाएर दायाँतर्फ एक्साभेसन गर्न थालिएको आयोजना प्रमुख विष्टले बताउनुभयो । उहाँका अनुसार हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ । कूल छ किलोमिटर २७० मिटर मध्य तीन किलोमिटर सुरुङ निर्माण सकिएको छ । बाँध निर्माण स्थलमा अडिट १, अधेरीखोलामा अडिट २, पिप्लेमा अडिट ३ र तिल्केनी चौरमा अडिट नं ४ खन्नेकार्य सम्पन्न गरी ती अडिटबाट सुरुङ खन्नेकार्य अगाडि बढेको छ ।

    पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । कूल एक हजार ५० मिटर मध्य ६४० मिटर पेनस्टक निर्माण सम्पन्न भएको छ । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यलाई एकैसाथ तिव्रता दिएको छ । प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा विसं २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रर्वधक रहेर राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    भारतीय आयात निर्यात ९एक्जीम० बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स ९जेपी०सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

    कूल ४५ महिनाको ठेक्का अवधीको म्याद सकिएपछि हालै साढे दुई वर्ष म्याद थप भएको आयोजना प्रमुख विष्टले जानकारी दिनुभयो । इलेक्ट्रोमेकानीकलतर्फ २०७६ कात्तिकमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ९भेल०सँग ठेक्का सम्झौता भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदारसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट ९इपीसी० प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।

    सिभिल ठेकेदारले बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगङ्गा गाउँपालिका–३ को तिल्केनीचौरमा फाउण्डेशन खनेर विद्युतगृहको टर्वाइन रहने तहसम्म ढलान गरेको छ । पावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको छ ।

    स्थानीय बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण सम्पन्न भई विद्युतगृह र बाँधलाई सिधा सडक मार्गले जोडेको छ । यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए० गरेको छ । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

    कूल एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ९भेल० ले पनि गत पुस महिनादेखि काम शुरु गरेको रघुगङ्गा हाइड्रोपावरका प्रवन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो ।

    राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी ९डबल सर्किट० क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा जोडिने छ । त्यसका लागि चार वटा टावर र प्रसारण लाइन निर्माण सम्पन्न भइसकेका छन् ।

    राहुघाट जलविद्युत् आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुलबाट बाट प्रभावित क्षेत्रका बासिन्दालाई पनि सुविधा पुगेको छ । म्याग्दीमा अन्य एक दर्जन जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् । त्यसले त्यहाँको ग्रामीण जनजीवनमा सुधारका अलावा स्थानीयस्तरमै रोजगारीसमेत प्रदान गरेको छ  रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution