• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २४, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

२

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

३

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

४

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

५

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

६

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

७

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

८

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

९

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

१०

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

११

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

१२

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ–बुटवल सडकको बिजोग, जम्मा १० प्रतिशत काम हुदा दसैँमा यात्रुलाई सास्ती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन ७, शुक्रबार (२ साल अघि)
    nawalpur-sadak

    Advertisement

    चितवन।२०७९ साउन २२ गते नै नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य सम्पन्न भइसक्नुपर्नेमा सडक निर्माणको काम हालसम्म १० प्रतिशत पनि सम्पन्न भएको छैन ।समयमा सडक निर्माण सम्पन्न नहुँदा यात्रुले र स्थानीयलेसडकको धुलो तथा हिलोका कारण अति नै सास्ती खेप्नुपरेको छ । सडकमा दिनहुँ पानी हाल्नुपर्नेमा नगरिँदा स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको छ । स्थानीयका लागि सडक निर्माण बरदान होइन, अभिसाप बन्न पुगेको छ ।सडकले टेलिकम लाइनहरूमा क्षति पुर्‍याई सञ्चार सम्पर्क स्थापनामा कठिनाइ उत्पन्न भएको छ । सडकको दायाँबायाँ खानेपानी सेवा पुर्‍याउन  बिछ्याइएका खानेपानीका पाइपहरूमा अत्यधिक क्षति पुगेकाले सडक आयोजना र निर्माण कम्पनीले तत्कालै क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
    सडकका नालीहरू नियमित रूपमा सफाइ नहुँदा वर्षायाममा परेको पानीले सडक किनारका घरहरू डुबान भई क्षति पुग्ने गरेको छ । सडकखण्डको मध्यवर्ती वन क्षेत्रभित्र वन्यजन्तु तथा जनावरहरूको आवातजावतका लागि प्रस्ताव गरिएका भूमिगत मार्गहरू पर्याप्त छैनन् ।

    निर्माण व्यवसायीसँग काम गर्ने पर्याप्त जनशक्ति छैनन् । दायाँबायाँ सडक निर्माण भइसकेपछि मात्र पुरानो सडक भत्काउने गरी स्थानीय वासिन्दासँग गरिएको सम्झौता पालना गरिएको छैन ।दाउन्नेमा सवारीसाधन बिग्रिएको अवस्थामा धेरैजसो ७–२४ घण्टासम्म सवारी जाम हुने गरेको छ । दाउन्नेमा हुने सडक जाम तथा सवारी चापलाई न्यूनीकरण गर्न वैकल्पिक मार्गको रूपमा त्रिवेणी–दुम्कीवास सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ । विद्यार्थी तथा बालबालिकाका लागि सडक अति नै जोखिमपूर्ण छ ।सडक समयमा निर्माण नहुँदा यस क्षेत्रमा ढुवानी लागत बढेको छ । सडकको वर्तमान अवस्थाले सडक दुर्घटना बढ्नुका साथै स्वास्थ्य समस्या व्यहोर्नुपरेको छ । सडकको ठाउँठाउँमा कल्भर्ट निर्माण गरी धेरै लामो समयसम्म खाल्डो राखी छाड्नाले सडक दुर्घटना बढिरहेको छ । सडक अनुगमनको समयमा मात्र खाल्डाखुल्डी पुर्ने गरिएको छ । सडकसँग सम्बन्धित सूचनाहरू व्यवस्थित रूपमा राखिएको छैन । भएका सूचनाहरू पनि धुलोले पुरिएको छ ।

    सडक विस्तार र स्तरोन्नतिको डिजाइन गर्दाकै अवस्थामा भएको त्रुटिले सम्पूर्ण सडक खण्डमा एउटा पनि आकाशे पुल निर्माणको योजना समावेश गरिएको छैन । निर्धारित मापदण्डभन्दा बढी लोड बोकेका सवारीसाधनका कारण ठाउँठाउँमा सवारीसाधनहरू बिग्रने गरेको छ । सडकको भार बहन क्षमताले थेग्न नसक्दा सडकको दुरावस्था बढ्दै गएको छ ।माथि उल्लेख गरिएका भनाई सडकखण्डमा अवस्थित विभिन्न ठाउँका स्थानीय वासिन्दाका हुन् । संघीय संसदको विकास तथा प्रविधि समितिले कावासोती नगरपालिकाको सभाकक्ष तथा सुनवलस्थित देवकोटा क्याम्पसमा संघीय संसदको विकास तथा प्रविधि समितिले स्थलगत अवलोकनका क्रममा गरेको अन्तरक्रियामा स्थानीयहरूले व्यक्त गरेका गुनासा हुन् ।निर्माण कार्य सम्पन्न नहुँदा सबैभन्दा बढी दाउन्ने, बर्दघाट, भुमही, सुनवल, खैरेनी र बुटवल लागायतका बाक्लो मानव बस्ती भएका विभिन्न स्थानहरूमा निर्माण भइरहेको कल्भर्टहरूबाट पानीको निकास हुन बाधा उत्पन्न भएको छ ।एसियाली हाइवे स्तरको सडक मापदण्ड कायम हुने गरी नारायणगढ–दाउन्नेसम्म ६४ किलोमिटर र दाउन्ने–बुटवलसम्म ४५ किलोमिटर गरी २ खण्डमा कूल १०९ किलोमिटर सडक निर्माण गर्नका लागि सरकारले १९ डिसेम्बर २०१८ मा सम्झौता गरेको थियो ।

    पहिलो प्याकेजअन्तर्गत शहरीखण्डमा सेवा सडकसहित ४ लेन, ग्रामीण खण्डमा सेवा सडक विना ४ लेन र दाउन्ने क्षेत्रमा ३ लेन गरी एस्फाल्ट कंक्रिट/डीबीएसटी कालोपात्रे सडक निर्माण गर्नका लागि सम्झौता गरिएको थियो । सडक खण्डमा २१६ वटा कल्भर्ट, १२ वटा ठूला पुल, २२ वटा साना पुल, जंगली जनावरका लागि २२ वटा कल्भर्ट तथा साना पुल निर्माण गर्ने सम्झौता गरिएको छ ।चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेड नामक निर्माण व्यवसायीसँग गरिएको सम्झौतामा आरसीसी कभर्ड ड्रेन, ट्रापेजोडिया\ओपन ड्रेन, ग्यावियन जाली, ढुंगाको पर्खाल, आरसीसी ढलान पर्खाल निर्माण गर्ने सम्झौता गरिएको छ तर पहिलो प्याकेजको आयोजनाको वित्तीय प्रगति ३.९२%, भौतिक प्रगति ८.५% मात्र भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनमा उल्लेख छ ।

    दोस्रो प्याकेज अन्तर्गत दाउन्नेदेखि बुटवलसम्मको सडक खण्डमा सोही डिजाइनको सडक निर्माण गर्नुपर्ने सम्झौता गरिएको छ । २४७ वटा कल्भर्ट, ९ वटा ठूला पुल तथा २१ वटा साना पुल, जंगली जनावरका लागि १३ वटा कल्भर्ट÷साना पुल निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ तर हालसम्म सडक खण्डको ५.५१% वित्तीय प्रगति तथा १०.३४% भौतिक प्रगति मात्र रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।नारायणगढ–दाउन्ने सडक अन्तर्गतको पहिलो प्याकेजमा ६ हजार २९७ रुखहरू काटिनुपर्नेमा ३६ हजार ३०७ रुखहरू काट्नुपर्ने अवस्था देखाएर आयोजनाको काममा ढिलाइ भएको छ । दाउन्ने–बुटवल सडक खण्डमा २ हजार ७३० रुखहरू काटिनुपर्नेमा १२ हजार ३२ रुखहरू काटिनुपर्ने भनिएको छ ।समग्र सडक आयोजनाको डीपीआर गर्दा यस्ता महत्त्वपूर्ण तथ्यहरू कसरी छुट्न गए ? यस्तो अपूर्ण र त्रुटिपूर्ण काम गर्ने जिम्मेवारीउपर छानबिन गरी कारबाही नभएको समितिको प्रतिवेदनमा उल्लेख छ ।सडक खण्डको डिजाइनमा नै समस्या भएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्माण व्यवसायीले सडक निर्माणसँग सम्बन्धित मशिन तथा औजारहरू समयमा आपूर्ति नगर्दा र आवश्यक संख्यामा कामदारहरू परिचालन नगरी काममा ढिलाइ गरिरहँदा यस्तो कार्यको अनुगमन तथा सुपरिवेक्षण गरी उचित कारबाही नगरिएको समेत उल्लेख छ ।

    दाउन्ने सडक खण्डमा उत्तरतर्फको वन क्षेत्रमा ठाउँठाउँमा जथाभावी रूपमा बाटोको ट्रयाक खनिएका कारण माथिबाट रुख सहितको पहिरो खसेर दाउन्नेको सडकलाई क्षति पु¥याइरहेको उल्लेख छ । निर्धारित मापदण्ड अनुसारको गुणस्तरयुक्त सडक निर्माणको कार्यमा तत्काल जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सम्बद्ध मन्त्रालय र आयोजना निर्देशनालयलाई समितिले निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ ।

     

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?


  • Advertisement

    समाचार
  • १

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • २

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ४

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ५

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ६

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ७

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ८

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ९

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • १०

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution