
नवलपरासी । पूर्वी नवलपरासीमा ७ वटा मरेका गाई सहित २ जना गाई तस्कर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिकाकाे सर्दीबाट चाेरमारा तर्फ ल्याउँदै गरेकाे अवस्थामा बा. प्र. ०१-०३-००१ च १३८६ नम्बरकाे पिकअप जिपमा ९ वटा गाई ल्याउँदै गरेकाे अवस्थामा २ जनालाई ईलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएकाे हाे ।
पिकअपमा ९ वटा गाई खाँदाखाँद गरेर ल्याउने क्रममा ९ वटा मध्ये ७ वटा गाई मरेकाे र २ वटा गम्भीर अपस्थामा पुगेकाे अवस्थामा गाई, पिकअप र घटनामा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । पक्राउ पर्नेमा पिकअप चालक राैतहट जिल्लाकाे गजुरा ७ निवासी २८ बर्षीय गाेजेन्द्र चाैधरी र नवलपुरकाे मध्यविन्दु ८ निवासी ४० बर्षीय धुव्र कार्की रहेका छन् । प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातकाे गाई ल्याएकाे र प्रारम्भिक अनुसन्धानकाे क्रममा उनीहरू गाई तस्कर भएकाे खुलेकाे छ ।
घटनाकाे बारेमा थप अनुसन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ । गाई, पिकअप र पक्राउ परेका २ जना ईलाका प्रहरी कार्यालय दुम्किबासकाे नियन्त्रणमा रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१