हुप्सेकोट ।पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो हुप्सेकोट गाउँपालिका ३ चौरंगी धर्मचोकमा रौतहट स्थायी घर भएका ६५ वर्षीय भिखुर मुखियाको करेन्ट लागेर मृत्यु भएको हुप्सेकोट प्रहरीले जनाएको छ । बेलहानीको धर्मचोकमा ५५ वर्षीया मिना फाल मगरको घरमा ब्लकको गारो लगाउने क्रममा मुखियालाई करेन्ट लागेको प्रहरीको भनाइ छ ।काठका मिस्त्री जित बहादुर सार्कीले झ्याल ढोकाको काम गर्ने क्रममा कुखुराको खोरको जालीमा करेन्ट सप्लाई भई मुखियालाई करेन्ट लागेको प्रहरीले बताएको छ । अन्यलाई भने केहि नभएको बताईएको छ । घटना बिहिबार दिउँसो १२ बजेको आसपासमा भएको र भिखुर मुखियालाई तत्काल मध्यविन्दु जिल्ला अस्पताल लगिएको तर अस्पतालले मृत घोषणा गरेको अस्पताललाई उधृत गर्दै हुप्सेकोट प्रहरीले जनाएको छ । रौतहटबाट मृतकका आफन्ती नआउन्जेल शवलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिने प्रहरीले बताएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१