काठमाडाैं – भारतविरुद्धको पहिलो टी–२० खेल अष्ट्रेलियाले ४ रनले जितेको छ। अष्ट्रेलियाको व्रिसवेनमा भएको खेलमा डिएल नियमका आधारमा अष्ट्रेलिया ४ रनले विजयी भएको हो। जितका लागि १ सय ७४ रनको लक्ष्य पाएको भारतले निर्धारित १७ ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन मात्रै जोड्न सक्यो। भारतका लागि शिखर धवनले सर्वाधिक ७६ रन जोडेपनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन्। अष्ट्रेलियाका एडम जाम्पा र मार्कोस स्टनीसले समान २/२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले १७ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाउँदै १ सय ५८ रन जोड्यो। १७ ओभर चल्दै गर्दा पानी परेपछि खेल १७ ओभरमा छोट्याइएको थियो। अष्ट्रेलियाले १७ ओभरमा १ सय ५८ रन जोडेपछि डिएल नियमका आधारमा भारतले १७ ओभरमा १ सय ७४ रनको लक्ष्य पायो। अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ४६, क्रिस लिनले ३७ तथा मार्कस स्टोनीसले अविजित ३३ रन जोडे। भारतका कुलदीपले २ विकेट लिए। यी दुईबीचको दोस्रो टी–२० खेल शुक्रबार हुनेछ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१