कावासोती । पूर्ब प्रधानमन्त्रि एवं नेकपाका अध्यक्ष पृष्पकमल दाहालले अबको ५ बर्षमा नारायणी नदीमा पानी जाहाज र पुर्बपश्चिम रेलमार्ग बनि रेल गुड्ने बताएका छन् । पूर्बि नवलपरासीको कावासोती १७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक बिद्यालयका स्वर्ण स्तम्भ उद्दघाटन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो कुरा बताएका हुन् । उनले भने अब कुनै दिवा सपना होईन अबको ५ बर्ष भित्र नारायणीमा पानी जाहाज , पूर्बपश्चिम रेल गुड्छ र हुलाकी रार्जमाग बन्छ । त्यस पछि नेपालीको जिवनमा परिर्वन आउछ । उनले भने रेलमार्ग र जलमार्गको कुरा निकै चलेको छ , हुन त कतीपय मानिसहरुले अहिलेको सरकारले रेलमार्ग र जलमार्गको कुरा गर्दा निकै नकरात्मक बिचार ब्यक्त्त गरेको भन्दै प्रचण्डले नारायणी नदीबाटै देबघाट सम्म जलमार्ग मार्फत पानी जाहाज आउने र पूर्बपश्चिम रेल गुड्ने बताएका छन् । उनले अझ थपे ठिलो हुन सक्छ तर यो सरकारले नै अबको ५ बर्षमा नारायणीमा पानी जाहाज , पूर्बपश्चिम रेल गुडाउछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१