कावासोती । पूर्ब नवलपरासीको कावासोती १२ पिठौलीमा रहेको वाईज भिजन बोडिङ्ग स्कुलका संचालक तिलकचन सापकोटाले बिद्यालय नै बन्द गरेर आफ्नो छोरीको बिवाह गरेका छन् । आज शुक्रबार बिद्यालय संचालन हुने भएपनि कानुन बिपरीत सापकोटाले आफ्नो बिद्यालय बन्द गराएर छोरीको बिवाह गराएको हो । बिवाहको तयारी गर्दा बिहिबार पनि बिद्यालयको पठनपाठन अबरुद्द भएको थियो । शुक्रबार त बिद्यालय क्षेत्र नै भोजभतेर र बिवाह मण्डपले घेरिएको थियो । बिद्यालय शान्ति क्षेत्र भनिए पनि बिद्यालयका प्रिन्सिपल एवं संचालकले नै बिद्यालयको पठनपाठन अबरुद्द हुने गरी आफ्नो छोरीको बिवाहमा बिद्यालय बन्द गनु दुःखत रहेको सोही बिद्यालयका एक अभिभाबकले बताए । बिद्यालय खोल्ने अनि अफ्नो मनोमानी तरीकाले चलाउने गर्दा गुणस्तरी शिक्षामा समेत प्रभाब पर्ने देखिएको छ । जिल्ला शिक्षा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र प्रोख्रेलले बिद्यालय बन्द गरी बिवाह गराउनु कानुन बिपरीत भएको भन्दै कानुन बमोजिम काबार्हि गर्ने बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१