• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ ९, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    स्वकीयको तलब आफैं लिन्छन् सांसद

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ४, बुधबार (६ साल अघि)
    samsad-talab-19122018025004-1000x0

    Advertisement

    काठमाडौँ — संघीय संसद्का पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् ।संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको छ । सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको छ । यो रकम संघीय संसद्मा बहाल रहेका ३ सय ३२ सांसदलाई दिने पारिश्रमिकभन्दा ५४ लाख २५ हजार बढी हो । सचिवालयका अनुसार पदाधिकारी र सांसदको पारिश्रमिकमा मासिक १ करोड ७१ लाख ७१ हजार २ सय ९५ रुपैयाँ खर्च हुन्छ ।

    ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ अनुसार सचिवालयका कर्मचारीकै बैंक खातामा तलब पठाउनुपर्नेमा संसद् सचिवालयले सभामुख र अध्यक्षको खातामा मासिक जम्मा गरिदिने गरेको छ । सचिवालयले यो रकम महराको एभरेस्ट बैंकको खाता नम्बर ००१००५०१२०१९१७ र तिमिल्सिनाको यही बैंकको खाता नम्बर ००१२०५१६२००७४२ मा मासिक जम्मा गरिदिने गरेको छ ।

    ऐनको अनुसूची २ अनुसार सभामुख र अध्यक्षले स्वकीय सचिव/सहसचिव तहको स्वकीय सचिव १ जना, उपसचिव १ जना, शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक २ जना र कार्यालय सहयोगी २ जना राख्न पाउँछन् । उक्त ऐनमा पदाधिकारीको निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ता सम्बन्धित व्यक्तिकै बैंक खातामा पठाउनुपर्ने व्यवस्था छ ।

    ऐनको अनुसूची २ मा पदाधिकारी तथा सदस्यलाई दिइने अन्य सुविधाको व्यवस्थामा स्वकीय सचिवालयमा कसले कुन पदका कर्मचारीको तलबभत्ता पाउने भन्ने उल्लेख छ । ऐनमा भनिएको छ, ‘स्वकीय सचिवालयका कर्मचारीले सुरु स्केलअनुसारको तलब मात्र पाउनेछन् । कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ ।’ त्यस्तै गत असार ३२ मा प्रकाशित राजपत्रअनुसार कामदार तथा कर्मचारीले पाउने पारिश्रमिक बैंक खातामार्फत अनिवार्य भुक्तानी गर्नुपर्ने सरकारले व्यवस्था गरेको छ ।

    कान्तिपुरले सूचनाको हक प्रयोग गरेर कात्तिक १३ मा प्राप्त गरेको संघीय संसदका पदाधिकारी तथा सदस्यले असोजमा पाएको पारिश्रमिक र भत्ता बुझेको भर्पाइ विवरणअनुसार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले मासिक पारिश्रमिक ६० हजार ९ सय ७० बाहेक निजी सचिवालयका कर्मचारीको तलबबापत १ लाख २६ हजार ८ सय ६० रुपैयाँ बुझ्छन् ।

    सचिवालयले यो रकम देउवाको एभरेस्ट बैंकको खाता नम्बर ००१००५१६२०५८५७ मा मासिक जम्मा गरिदिने गरेको छ । देउवाले उपसचिव तहको स्वकीय सचिव १, कम्प्युटर अपरेटर १, सवारी चालक २ र कार्यालय सहयोगी २ जनाको तलब भत्ता बुझ्छन् । त्यस्तै प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फे र उपाध्यक्ष शशिकला दाहालले आफ्नो मासिक तलब ६० हजार ९ सय ७० बाहेक निजी सचिवालयका कर्मचारीको तलब भत्ताबापत १ लाख २६ हजार ८ सय ६० रुपैयाँका दरले जनही बुझ्ने गरेका छन् ।

    प्रतिनिधिसभाका सत्तारूढ दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे र सत्तापक्षका नेता दीनानाथ शर्माले तलब ६० हजार ९ सय ७० बाहेक १ लाख १० हजार ६ सय ३० रुपैयाँका दरले निजी सचिवालयका कर्मचारीको तलब बुझ्ने गरेका छन् । सचिवालयले उनीहरूको खातामा उपसचिव तहको स्वकीय सचिव १ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक २ र कार्यालय सहयोगी १ को तलब जम्मा गर्ने गरेको छ ।

    प्रतिनिधिसभा विपक्षी दलका सचेतक पुष्पा भुसाल, फोरमका प्रमुख सचेतक उमाशंकर अरगरिया, नेकपाका सचेतक शान्ता चौधरीले आफ्नो तलब ५७ हजार ७ सय ८० रुपैयाँबाहेक ८७ हजार १ सय ३० रुपैयाँका दरले निजी सचिवालयका कर्मचारीको तलब भत्ता प्रत्येकले बुझ्छन् ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाका १६ वटा संसदीय समितिका सभापतिले आफ्नो तलब ६० हजार २ सय २९ बाहेक १ लाख २ सय ९० रुपैयाँ कर्मचारीको तलब बुझ्छन् ।

    विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक र सभापतिले उपसचिव तहको १ स्वकीय सचिव, सवारी चालक २, कार्यालय सहयोगी १ राख्न पाउँछन् । सचिवालयले उनीहरूको तलब सचेतक र सभापतिको बैंक खातामै जम्मा गरिदिने गरेको छ ।

    सांसदले भने मासिक तलब ५५ हजार २ सय ३० बाहेक शाखा अधिकृत तहको स्वकीय सचिवको तलब ३० हजार ५ सय रुपैयाँ बैंकमार्फत बुझ्ने गरेका छन् । ‘सचिवालयले उपलब्ध गराएको तलब पाउन धेरै सांसदले आफन्तको नाम स्वकीय सचिव हो भन्दै बुझाएका छन्,’ स्रोतले भन्यो, ‘सचिवालयले बैंकमा जम्मा गरेको रकम आफैं बुझ्ने गरेका छन् ।’ सांसदहरूले स्वकीय सचिव भनेर बुझाएको विवरणमा समावेश गरिएका केही व्यक्तिसँग कान्तिपुरले सम्पर्क गर्दा आफू सांसदको आफन्त भएको जानकारी दिए ।

    संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अहिलेसम्म निजी सचिवालयका कर्मचारीको तलब भत्ता पदाधिकारी र सांसदकै खातामा पठाउने गरेको बताए । ‘कसको स्वकीय सचिव को हो, तथ्यांक अद्यावधिक गरेर कानुनअनुसार व्यवस्थित गर्नुपर्नेछ । व्यवस्थित गर्न गृहकार्य पनि गरिरहेका छौं ।’

    तलब भत्ता सांसदकैखातामा हाल्न दबाबपदाधिकारी र सांसदका केही स्वकीय सचिवले पूरा पारिश्रमिक नपाएको गुनासो गरेपछि मंसिर १९ मा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा छलफलसमेत भएको थियो ।

    समितिकी सदस्य विन्दा पाण्डेले पदाधिकारी र सांसदका स्वकीय सचिवको तलब भत्ता सम्बन्धित व्यक्तिकै बैंक खातामा पठाउने व्यवस्था गर्नुपर्ने बताएकी थिइन् । ‘हाम्रा स्वकीय सचिवहरूलाई पनि सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषबाट लाभान्वित गराउन उनीहरूले पाउने तलब भत्ता हाम्रो खातामा होइन, उनीहरूकै खातामा पठाउने व्यवस्था गर्नु जरुरी छ,’ उनले बैठकमा भनेकी थिइन्, ‘अरूको तलब लिएर मनलाग्दी गर्न पाउने हो कि होइन ? सचिवालयसँग पनि छलफल गरौं ।’

    स्वकीय सचिवको तलब सम्बन्धित व्यक्तिकै खातामा पठाउनुपर्ने प्रस्तावलाई समितिका सबै सदस्यले विरोध गरे । स्वकीय सचिवको भत्ता आफ्नै खातामा हाल्नुपर्छ भन्ने सांसदकै बैठकमा बहुमत थियो । जिल्ला र काठमाडौंमा गरी २ जना स्वकीय सचिव राखेकाले एक जनाको मात्रै खातामा तलब राख्दा व्यवस्थापन गर्न अप्ठ्यारो पर्ने उनीहरूले बताएका थिए । समिति सचिव कृष्णहरि खडकाले बैठकमा यस विषयमा सचिवालयमा छलफल भइरहेको जानकारी गराएका थिए । कति जना स्वकीय सचिव राख्न पाउने भन्दै केही सांसद सचिवालयका महासचिवलाई सोध्नसमेत पुगेका थिए
     ।Kantipur Daily बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution