• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    थाकल बेचेरै पालिएका छन् परिवार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ अषाढ १, आईतबार (१० महिना अघि)
    ttt

    Advertisement

    बोमलाल गिरी, नवलपुर। उमेर ६० को हाराहारी पुग्न थालिसक्यो । श्रीमान् काम गर्न सक्नुहुन्न । छोराछोरी सानै छन् । खाने मुख नौ वटा छन् । घर बस्यो ज्यान पाल्नै मुस्किल । त्यसैले नवलपुरको मध्यविन्दु नगरपालिका–८ की मिठु परियार उज्यालो हुनेबित्तिकै चोरमारा जङ्गलतिर लाग्नुहुन्छ । बिहानभरि जङ्गलमा थाकल (जङ्गली फल) खोज्ने अनि पूर्वपश्चिम राजमार्गको चोरमारा खण्डमा उभिएर यात्रु र सवारीचालकलाई यो फल बेचेर जीविकोपार्जन गर्नु उहाँको दैनिकी हो ।

    “रोजगारी केही छैन । सात जना छोराछोरी छन् । किताबकापी किन्न पनि गाह्रो छ । कोही स्कुल जान्छन् । सबैलाई स्कुल पठाउन पनि सकिएको छैन,” साँझपख घाम अस्ताउनै लाग्दा जङ्गलछेउमा भेटिनुभएकी मिठुले थकित हुँदै भन्नुभयो, “यति नगरे त बेलुका हातमुख जोड्नै मुस्किल हुन्छ ।”  स्कुल नजाने छोरीहरूले भने कहिलेकाहीँ थाकल खोज्न सहयोग गर्ने गरेको मिठुले सुनाउनुभयो । “कहिलेकाहीँ बिहान छोरीहरूलाई थाकल टिप्न जङ्गल पठाउँछु र म आएर बेच्ने गर्छु । सधैँ एक्लै पठाउँदा पनि जङ्गली जनावरको डर हुन्छ,” उहाँले भन्नुभयो, “आज त जम्मा साढे तीन सय रुपियाँ मात्र कमाइ भएको छ । यति पैसाले के गरी घर खर्च चलाउने ?” धेरै कमाइ हुँदा एक हजार रुपियाँसम्म भएको उहाँको भनाइ छ ।

    मिठु मात्र होइन, रानीटारका अधिकांश दलित समुदायले यसरी नै घरखर्च जोहो गरिरहेका छन् । मौसम अनुसार कहिले थाकल र कहिले जङ्गली च्याउ खोजेर बेची जीविकोपार्जन गर्नु रानीटारवासीको स्रोत हो ।  “गर्मी मौसममा एक/दुई महिना थाकल बेचिन्छ, वर्षा लाग्यो भने जङ्गली च्याउ खोजेर बेच्छौँ,” सीता परियारले भन्नुभयो, “ज्याला मजदुरी पाउँदा गरिन्छ तर त्यो पनि सधैँ नपाएपछि छोराछोरी पाल्नै पर्‍यो, थाकल र च्याउ खोजेर बेच्नुबाहेक अरू उपाय पनि के छ र !”

    यही काम गरेर छोराछोरीको किताबकापी किन्ने पैसा जम्मा गर्ने गरेको र बिदाका दिन छोराछोरीले पनि सहयोग गर्ने गरेको सीताको भनाइ छ । “कहिले बिक्दा त पाँच सय, एक हजारसम्म कमाइ हुन्छ तर कहिले त रित्तै फर्किनु पर्छ,” उहाँले भन्नुभयो । मौसमका बेला थाकल खोज्नभन्दा घामपानी नभनी सडक किनारामा उभिएर बेच्न निक्कै गाह्रो हुने गरेको उहाँले सुनाउनुभयो ।

    अर्का स्थानीय हेमबहादुर परियारले विवश भएर यस्तो काम गर्नु परेको बाध्यता सुनाउनुभयो । “सरकारले रोजगारी दिन्न । अलि अलि पढेलेखेका केटा पनि काम नपाएर हल्लिरहेका छन्, अनि ज्यान पाल्न थाकल नबेचेर के गर्ने ?” हेमबहादुरले प्रश्न गर्नुभयो ।  वडा कार्यालयका अनुसार रानीटारमा झन्डै २२/२३ घरपरिवार दलित समुदाय छन् । वडाध्यक्ष पर्शुराम महतो थारूका अनुसार मौसम अनुसार थाकल, च्याउ बेच्ने र मजदुरी गरेर जीविकोपार्जन गर्नु यहाँको बाध्यता हो । त्यसबाहेक आफूले नगरपालिकाबाट बाजा उपलब्ध गराएकाले वडामा, नगरमा कार्यक्रम हुँदा त्यसबाट पनि केही आम्दानी हुने गरेको अध्यक्ष थारूले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution