• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २४, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शैक्षिक भ्रमणको बस दुर्घटना : (अपडेट) २३ मृत्यु ६ जनाको सनाखत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ७, शनिबार (६ साल अघि)
    dang-1

    Advertisement

    दाङ — राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा मृत्यु हुनेकाे स‌ंख्या २३ पुगेकाे छ । ती मध्ये ६ जनाकाे मात्रै सनाखत भएकाे छ ।

    मृत्यु हुनेमा १९ पुरुष र ४ महिला छन्।दुर्घटनामा घाइते ९ पुरुष र ५ महिला गरी १४ जनाकाे नेपालगञ्जमा उपचार भइरहेकाे छ ।

    नेपालगञ्ज शिक्षण अस्पतालमा उपचाररत २ जना मध्ये जुम्लाकाबिरेन्द्र कडालाकाे शनिबार बिहान मृत्यु भएकाे हाे । घाइते मध्ये १३ जनाकाे काेहलपुरस्थित शिक्षण अस्पतालमाउपचार भइरहेकाे छ ।

    मृतकहरुमागाडी चालक घोराही उपमहानगरपालिका ३ का ३२ वर्षीय मदन केसी, कृष्णसेन ‘इच्छुक’ बहुप्राबिधिक शिक्षालयका शिक्षकहरु घोराही १७ का २८ वर्षीय प्रदिप घिमिरे र भूमे गाउँपालिका ६ रुकुमपूर्वका २८ वर्षीय नरेश ओली तथा दंशिशरण गाउँपालिका १ दाङका ३० वर्षीय सञ्जिव रत्गैया र घोराही १४ का १७ वर्षीय बिजय जिएमको सनाखत भएको छ। अन्यको सनाखत हुन बाँकी छ।

    गाडीमा ३४ बिद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ। सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको थियो। बस टुक्राटुक्रा भएको र भिरालो भूगोल भएका कारण उद्धारमा समस्या भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताएका छन्। रातीको समय भएकाले सबै विवरण संकलनमा समस्या भएको र घटनाको कारण थाहा हुन नसकेको उनले बताए।

    घटनास्थल तुलसीपुर बजारदेखि करिव १२ किलोमिटर उत्तरमा पर्छ। तुलसीपुर र कपुरकोटको बीचमा पर्ने राम्री दाङ र सल्यानको सिमा क्षेत्र नजिक पर्छ। साँघुरो र भिरालो पहाडी भेग भएकाले दुर्घटनापछि उद्धारमा निकै समस्या भएको शाहीले बताएका छन्। राती अवेरसम्म पनि उद्धार चलेको थियो। प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालसहित जिल्लाका सुरक्षा अधिकारी र सबै सुरक्षा अंगहरु उद्धारका लागि परिचालन गरिएको थियो।

    यसैवर्षदेखि घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक बहुप्राबिधिक शिक्षालयका शिक्षक विद्यार्थी शैक्षिक भ्रमणका लागि चढेको गाडी दुर्घटना भएको हो। घोराही उपमहानगरपालिका १७ गैरागाउँमा सञ्चालित कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु सल्यानको कपुरकोटमा वनस्पती विषयको प्रयोगात्मक अभ्यासका लागि शुक्रबार बिहान गएका थिए। फर्कने क्रममा गाडी दुर्घटना भएको शाहीले बताएका छन्।

    घाइते हुनेमा बंगलाचुली गाउँपालिका १ दाङकी १६ वर्षीया मनिका रिजाल, जुम्लाको चन्दनाथ गाउँपालिका ३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ २ का १७ वर्षीय जीवन भण्डारी, अछामको मंलगसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगाना, पश्चिम रुकुमको सानोभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन र हुम्लाका २० वर्षीय बिरेन्द्र बटाला रहेका छन्।

    यसैगरी घाइते हुनेहरुमा जुम्लाको तातोपानी गाउँपालिका १४ की १८ वर्षीया हिमाली हमाल, जुम्लाकै चन्दननाथ नगरपालिका ४ की १६ वर्षीया पर्सा रोकाया, टिकापुर नगरपालिका ८ कैलालीकी १७ वर्षीया समिक्षा रोकाया, अछामको मंगलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी र पश्चिम रुकुमको त्रिबेणी गाउँपालिका ३ का १६ वर्षीय प्रेम बहादुर खड्का छन्।

    यसैगरी घोराही १४ का १८ वर्षीय सञ्जय खनाल, पश्चिम रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछामको मंगलसेन नगरपालिका ५ का १६ वर्षीय भद्र बिष्ट र परिवर्तन गाउँपालिका ४ रोल्पाका १७ बर्षीय प्रकाश वली घाइते भएका छन्।

    ………………………………

    शैक्षिक भ्रमण गरी सल्यानबाट दाङ फर्किरहेको बस शुक्रबार साँझ तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा सडकबाट खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटनास्थलमा १३ पुरुष र ३ महिलाको शव फेला परेको छ। अबेरसम्म मृतकको सनाखत हुन सकेको छैन।

    १० पुरुष र ५ महिला घाइते छन्। अन्य ६ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ। बसमा ३४ विद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना थिए।

    यसै वर्षदेखि घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युटका वनविज्ञान विषयका विद्यार्थी र शिक्षक सल्यानको छायाछेत्रमा वनस्पतिसम्बन्धी प्रयोगात्मक अभ्यासका लागि शुक्रबार बिहान गएका थिए। फर्कने क्रममा बा४ख ९७६६ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेको हो।

    साँघुरो र भिरालो पहाडमा बस टुक्राटुक्रा भएकाले उद्धारमा कठिनाइ भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीले बताए। ‘रातिको समय भएकाले सबै विवरण संकलनमा समस्या भएको छ,’ उनले भने, ‘अबेरसम्म घटनाको कारण थाहा हुन सकेको छैन।’ घटनास्थल तुलसीपुर बजारदेखि करिब १२ किमि उत्तरमा पर्छ। तुलसीपुर र कपूरकोटको बीचमा पर्ने राम्री दाङ र सल्यानको सीमाक्षेत्रनजिक हो।

    घाइतेमध्ये गम्भीर अवस्थाकी घोराही–१९ सैघाकी १७ वर्षीया मेनुका रिजाल, जुम्ला चन्दनाथ गाउँपालिका–३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ–२ का १७ वर्षीय जीवन भण्डारी, अछाम मंगलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगाना, पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ की १६ वर्षीया रोजिना पुन र एक नाम नखुलेका १६ वर्षीय युवालाई नेपालगन्ज रिफर गरिएको छ। अन्य घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घाइते अधिकांश विद्यार्थी छन्।

    घाइते अन्यमा जुम्ला तातोपानी गाउँपालिका–१४ की १८ वर्षीया हिमाली हमाल, जुम्लाकै चन्दनाथ–४ की १६ वर्षीया पर्सा रोकाया, दाङ घोराही उपमहानगरपालिका–१५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछाम मंगलसेन नगरपालिकाका–१८ वर्षीय विक्रम भण्डारी, पश्चिम रुकुम त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खडका, घोराही–१४ का १८ वर्षीय सञ्जय खनाल, पश्चिम रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसेन–५ का १६ वर्षीय भद्र विष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वली छन्।

    शैक्षिक भ्रमणमा गएको बस शुक्रबार साँझ राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

    अहिलेसम्म १३ पुरुष र ३ महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ।

    दुर्घटनामा ५ पुरुष र ५ महिला गरी १० जना घाइते छन्।घाइतेमध्ये घोराही १९ सैघाकी १७ वर्षीया मेनुका रिजाललाई नेपालगञ्ज रिफर गरिएको छ। अछामको मंलगसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगानाको चिन्तानजनक रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले बताए। घाइते अधिकांश विद्यार्थी हुन्।

    घाइते हुनेहरुमा जुम्लाको तातोपानी गाउँपालिका १४ की १८ वर्षीया हिमाली हमाल, जुम्लाको चन्दनाथ गाउँपालिका ३ का १६ वर्षीय कुशेन्द्र खत्री, २ का १७ वर्षीय जीवन भण्डारी ४ की १६ वर्षीया पर्सा रोकाया, दाङको घोराही उपमहानगरपालिका १५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछामको मंगलसेन नगरपालिकाका १८ वर्षीय बिक्रम भण्डारी, पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका ३ का १६ वर्षीय प्रेमबहादुर खड्का र पश्चिम रुकुमको सानोभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन छन्।

    सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताएका छन्। कृष्णसेन ईच्छुक पोलिटेक्निकल ईन्स्टिच्यूटका शिक्षक विद्यार्थी शैक्षिक भ्रमणका लागि चढेको गाडी दुर्घटना भएको उनले जानकारी दिएका छन्। उक्त इन्स्टिच्युट यसै वर्षदेखि घोराहीमा सञ्चालन भएको हो।

    घोराही उपमहानगरपालिका १७ गैरागाउँमा सञ्चालित कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु स्थलगत अवलोकनका लागि शुक्रबार बिहान कपुरकोट गएका थिए। फर्कने क्रममा गाडी दुर्घटना भएको डिएसपी शाहीले बताए।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution