बिर बहादुर बिसी
बौदीकाली । नवलपरासी(पुर्व) नवलपुरको पहाडी क्षेत्र बौदीकाली गाउँपालिकामा उद्योग ब्यबसाय गर्न चाहाने र गरिरहेका ब्यबसायिलाई घुम्ती शिबिरबाट ब्यबसाय दर्ता सेवा प्रदान गरिएको छ ।बौदीकाली गाउँपालिकाको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी एवं करदाता सेवा कार्यालय कावासोतिको समन्वयमा शुक्रबार र शनिबार (आज) २ दिन सम्म सञ्चालन गरिएको हो ।शिबिरमा घरेलु तर्फ ३० वटा पसल दर्ता र २७ वटा उद्योगको प्रारम्भिक दर्ता प्रक्रिया,आन्तरिक राजस्व तर्फ ८८ ब्यबसायिको स्थायी लेखा नम्बर,गाउँपालिका तर्फ कृषि,पशु,स्थानीय ब्यबसायमा १३४ ब्यबसाय दर्ता गरिएको गाउँपालिकाका प्रशासकीय प्रमुख कृष्ण प्रसाद ज्ञवालीले बताए । गाउँपालिकाको वडा नम्बर २ वडा कार्यालय डेढगाउँ र वडा नम्बर ४को ब्याघन केन्द बनाई प्रदान गरिएको शिबिरबाट स्थानीय स्तरमा नै सेवा पाए पछि स्थानीय ब्यबसायि हर्षित भएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१