• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आत्मरक्षाका लागि प्रयोग हुने लठ्ठि, ‘स्टिक डान्स’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ९, सोमबार (७ साल अघि)
    IMG_8586

    Advertisement

    दयाराम आचार्य
    कावासोती । थारु समुदायमा आत्मरक्षा लागि प्रयोग हुने लठ्ठि अहिले आएर लाठि नाच(स्टिक डान्स)मा परिवर्तन भएको छ । जङ्गल आसपास बसोबास गर्दा बिभिन्न जङ्गली जनावरको डर हुनेहुदा सुरक्षा प्रदानका लागि थारु समुदायको हतियार बन्ने गर्दथ्यो लठ्ठि । परापूर्वकालमा अन्य हतियार नहुदा लठ्ठिलाईनै हतियारको रुपमा उपयोग गर्दै आउने गरेकोमा अहिले त्यही लठ्ठि ,थारु समुदायको सास्कृतीक पहिचान बन्न पुगेको छ । थारु समुदायको सास्कृतीक पहिचान मात्रै होईन अहिले लाठि नाच यो समुदायको आम्दानीको श्रोत समेत बन्ने गरेको छ ।
    थारु समुदायको बाहुल्यता रहेका क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा लठ्ठि नाच प्रमुख आकर्षण बन्ने गरेको छ ।
    ‘गैंडा,बाघ,भालु लगाएतका जनावरलाई खेतीबाट जोगाउन लठ्ठिनै हतियारको रुपमा प्रयोग गर्ने गरिन्थ्यो, त्यो समय अरु हतियार त चलाउथेनौ ’ थारु समुदायका अगुवा ६४ बर्षीय सिताराम चौधरीले भन्नुभयो–हामिले आफ्नो सुरक्षा कसरी गर्ने भनेर लठ्ठि नचाउथ्यो,अहिले त्यही ‘स्टिक डान्स’ भयो ।
    चौधरीले आफुहरु बस्तुभाउ चराउन जादा लठ्ठिकै भोदि खेल लेल्ने गरेको सम्झदै ,त्यो समयमा लठ्ठिका बिभिन्न कला कौशल प्र्रस्तुत गर्ने गरेको भन्दै अहिले त्यसैको परिमार्जित रुपमा लाठि नाच ( स्टिक डान्स) आएको बताउनुभयो । लठ्ठि नाचलाई झण्डै १५ बर्ष अघि सामान्य मनोरञ्जनको रुपमा देखाउने गरेकोमा पछिल्लो ६ ÷७ बर्ष यता यसले व्यापकता पाएको उहाले बताउनुभयो ।
    जङ्गल छेउमा बस्ती हुने सामान्य तरिकाले लठ्ठिको प्रयोगले जङ्गली जनावरबाट खेतीबाली जोगाउन समेत गाह्रो हुने र स्वयमको सूरक्षा नुहुने भएपछी लठ्ठिलाई कसरी कलात्मक ,रक्षात्मक रुपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठि खेलाउन थालिएको भन्नुहुन्छ थारु कल्याणकारीणी सभा नवलपरासीका पूर्व अध्यक्ष गणेशमान महतो । उहाका अनुसार पहिला रक्षात्मक रुपमा लठ्ठि चलाउन सिकाउने गरिथ्यो । अहिले यसलाई बाजा संग जोडेर नाच्ने गरिएको उहाले बताउनुभयो । बाजाको तालमा लठ्ठि नचाउदा रमाईलो हुन थालेपछी यसलाई ‘स्टिक डान्स’को परिमार्जन गरियो ’ महतोले भन्नुभयो–पहिला पुरुषले मात्र नचाउने लठ्ठि अहिले महिला र पुरुष दुवैले नाच्न थालिएको छ ।
    लाठि नाच पनि बिभिन्न प्रकारको रहेको महतोले बताउनुभयो । झर्रा,ठेकरा,मेडरी जस्ता नाचमा लठ्ठि नचाउने गरिन्छ । झर्रा नाचमा ठुला लठ्ठिको प्रयोग हुन्छ र बल पूर्वक जुधाउने गरिन्छ । ठेकरामा सानो बासको लठ्ठि जुधाएर नचाउने गरिन्छ । लठ्ठिको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउदा आवाज निस्कने गर्दछ । मादल वा ढोलकको तालमा लठ्ठिलाई जुधाउने गरिन्छ ।
    लठ्ठिकै प्रयोग हुने थारु समुदायको अर्को नाच हो मेडरी नाच । मेडरीको अर्थ गोल घेरा हो । महतोका अनुसार मेडरीमा गोली घेरा लगाई ठुला ठुला ढोलक बजाउने गरिन्छ । ढोलकको तालमा लठ्ठि घुमाउने गरिन्छ । यस नाचमा लठ्ठि नजुधाई एक्लैले घुमाउने गरिन्छ ।
    पहिचाननै राष्ट्रियता भएको र थारु समुदायको पहिचान लाठिनाच बन्दै गएको महतोले बताउनुभयो । जोखीम र बल पूर्वक खेलीने यहि नाच हेर्न बिदेशी पर्यटक नेपाल आउने गरेको समेत उहाले बताउनुभयो । ‘नेपालमा लाठि नाच हेर्न पाईन्छ भन्ने सन्देश प्रवाहा भएको छ ’महतोले भन्नुभयो –यसले नेपालकै लागि एउटा सास्कृतीक पहिचान बनाउने बिश्वास छ ।
    लाठि नाच अहिले धेरैको रोजि रोटि बनेको उहाले बताउनुभयो । जिल्लामा हुने बिभिन्न कार्यक्रममा लाठि नाच प्रस्तुत हुने गरेकाछन् । लाठि नाच प्रस्तुत गर्ने बिभिन्न समूहहरु गठन भएका छन् । उनिहरुले बिभिन्न कार्यक्रममा नाच प्रस्तुत गरेर आम्दानी गर्दै आएका छन् ।
    ‘लाठि नाच अहिले हाम्रो प्रमुख नृत्य भएको छ , यो थारु समुदायको परम्परागत नाच हो ’ लठ्ठि नाच प्रस्तुत गर्ने एक कलाकार छन्नुराम महतोले भन्नुभयो–लाठि नाचले धेरैलाई आकर्षित समेत गरेको छ ।
    महतो कावासोतीमा थारु समुदायले संचालन गरेको अमलटारी घरबासमा लठ्ठि नाच प्रस्तुत गर्दै आउनुभएको छ । घरबासमा आउने हरेकले लाठि नाच हेर्न रुचाउने गरेको उहाले सुनाउनुभयो । घरबासमा आउने पाहुनालाई थारु सस्कृती प्रस्तुत गर्दा निश्चित शुल्क लिएर लठ्ठि नाचनै देखाउने गरिएको उहाले बताउनुभयो । लठ्ठिनाच अवलोकनकै लागि घरबासमा आउने पर्यटकको संख्या उल्लेख्य हुने गरेको उहा“ले बताउनुभयो ।
    लाठि नाच(स्टिक डान्स) देखाउदै आम्दानी संगै समुदायको सस्कृतिक पहिचान हो भन्ने स्थापित समेत गराउन सफल भएको उहाले सुनाउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution