
ज्ञानु पंगेनी
कावासोती । कावासोती १७ का युक्त प्रसाद गौडेल दिनहुजसो डण्डा , कावासोती आवत जावत गर्छन । तर , उनी हिड्ने बाटोको दुर्दशाका कारण कुन दिन के हुने हो ? भन्ने चिन्ताले उनलाई सधै सताईरहन्छ । उनी दैनिकजसो हिड्ने डण्डा, कोल्हुवा पनौती सडकखण्ड ठाउ ठाउमा भत्किएर दुर्घटना निम्त्याउने कारण मात्रै बनेको छैन । आसपासका स्थानीय पनि हिउदमा धुलो अनि वर्षामा हिलो हुदा समस्यामा परेका छन । कावासोती १६ डण्डा हुदै मध्यविन्दु नगरपालिका कोल्हुवा र पनौतीसम्म पुग्ने भित्री मुख्य सडक खण्डका रुपमा रहेको यो सडक भत्किएर दुर्दशा भएकै छ वर्षभन्दा बढि हुदा समेत उचित मर्मत सम्भार हुन नसक्दा यहा दुर्घटनामा धेरैको जीउधनको क्षती समेत हुन पुगेको छ ।
सामान्य बर्षा हुदा हिलाम्मे र हिउदमा धुलाम्मे हुने सो सडकले धेरैलाई सास्ती दिएको छ । डण्डा, पनौती सडकखण्ड अन्र्तरगत कावासोती १६ र कावासोती १४ को कालोपत्रे अधीकांश ठाउमा भत्कीएर ठूला ठूला खाल्डा खुल्डी बनेको छ भने कावासोती १७ डेरी चोक देखी मध्यबिन्दु ३ चौराहासम्म कालोपत्रे गर्ने भनिएको भए पनि काम भने हुन सकेको छैन । कच्चीबाटो खाल्डाखुल्डी र धुलेले स्थानीय हैरान भएका छन । डण्डा पनौती सडकखण्डमा बस सञ्चालन गदै आएका कावासोती कावासोती १७ का गोबिन्द नेपाली भन्छन ‘बाटोको अवस्था त ज्यादै दयनिय भएको छ । गाडी लिएर हिड्दा पनि कता कुन खाल्डोमा पर्ने हो र दुर्घटना हुने हो भन्ने चिन्तै चिन्तामा चलाउनुपर्छ । ’ साना ठूला सवारी , साईकल मोटरसाईकल स्कुटी चलाउने सबैले खाल्डो जोगाएर माथी माथीबाट हिड्छन जसले गर्दा आपसमा ठोकिएर वेला वेलामा दुर्घटना हुदै आएको गौडेलले बताए ।
सडक छेउछाउ ब्यापार, ब्यवसाय गर्नेहरु समेत बाटोको समस्याले सास्ती बेहोर्दै आएका छन । कावासोती १७ गोछडाटारमा प्लाष्टीक तथा हार्डवेयर पसल सञ्चालन गदै आएकी कावासोती १७ गोछडाटारकी रुमा पाठक पनि बाटोले गर्दा हैरान भएको गुनासो गर्छिन । ‘कालोपत्रे सबै उप्कियो दिनभर धूलो उडेर पसलमा र घरमा पस्छ । सामानभरी धुलै धुलो हुन्छ । ग्राहकले धुलो देखेसी लैंजान खोज्दैनन । ’ गत वर्षको निर्वाचनको समयमा चुनाबमा जित्दा बित्तिकै बाटो मर्मत र कालोपत्रे गर्ने आश्वासन दिएका जनप्रतिनिधीहरुले एक वर्ष बितिसक्दा पनि बाटो बनाउनेतर्फ ध्यान नदिएको आरोप छ स्थानीयको । मध्यबीन्दु ३ लेडाहाका भागीराम महतोले भने ‘यो बाटो विग्रिएको वर्षौ भयो । सम्बन्धित निकायलाई पनि पटक पटक भन्यौ कुनै वास्ता गर्दैनन । यहाबाट जितेका जनप्रतिनिधीहरुलाई पनि चुनाबताका गरेको आश्वासन पुरा गर्न भन्यौ तर सुन्दैनन । अब कसलाई भन्ने ?अनि कसले गर्ने हो त ?’ कावासोती १६ का वडा अध्यक्ष एकादत्त वस्तिले बाटोले सास्ति पाएको गुनासो जनस्तरबाट आईरहेको स्विकार गर्दै अब छिट्टै बाटो बनाउन पहल गरिने बताउछन । नगरपालिकाले बनाउने भनेको रिङ्ग रोड र शहरी विकास योजनाको सहयोगमा बाटो निर्माण गर्ने काम हुने उनको भनाई छ । अलि ठूलो योजना भएकाले समय लाग्ने उनी बताउछन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१