निशा भण्डारी
कावासोती। कावासोती नगरपालिका वडा न. १२ मा आज अपाङ्ग सम्मान तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं १२ मा कति अपाङ्गता भएका व्यक्ति छन् यसको जानकारी पनि हुने र उनीहरुलाई सम्मान पनि गर्ने उद्धेस्यका साथ आज सो कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष खेम प्रसाद काफ्लेले बताउनु भयो । अपाङ्गता समितीको अध्यक्ष लोकनाथ काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालीकाका उपप्रमुख प्रेमशकर मर्दनीया प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि मर्दनियाले अपाङ्गताको क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा कावासोती १२ का वडा अध्यक्ष खेम प्रसाद काफ्ले , जिल्ला समन्वय समितीको सदस्य ज्ञानु मायाँ शर्मा विषेश अतिथी रहनु भएको थियो । वडामा रहेका सवै अपाङ्गता ब्यक्तीहरुलाई सम्मान स्वरुप न्यानो कपडा,स्वास्थ साम्रागी तथा आँैषधि समेत वितरण गरिएको थियो । जसमा ३८ जना अपाङ्गता भएका व्यक्तीहरुले सो सामग्री प्राप्त गरेका छन् । वडामा विनियोजन रकम मध्य अपाङ्गताका लागी ५५ हजार छुट्टाईएको अध्यक्ष काफ्लेले बताउनु भयो । अवका दिनमा अपाङ्गता भएका व्यक्तीहरुका लागी जिवन जिउने कला समेत प्रदान गर्नका लागी नगरपालीका सँग पहल गरेर अगाडि बढ्ने काफलेको भनाई छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१