ज्ञानु पंगेनी
कावासोती । चार लेनमा विस्तार हुन लागेको बुटवल – नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने नवलपरासी पुर्वका १६ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सडक विस्तारका क्रममा खानेपानीका संरचनामा हुन सक्ने सम्भावित क्षती र समस्यालाई समयमै समाधान गर्न माग गरेका छन ।
नवलपुरमा रहेका खानेपानी संस्थाका प्रतिनिधी मंडलको टोलीले सोमवार गण्डकी प्रदेश भौतिक पुर्वधार विकास मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय तनहुमा ज्ञापन पत्र बुझाउदै सम्भावित समस्यालाई समयमै समाधान गर्न माग गरेका हुन ।
सडक विस्तारका क्रममा दायँ बायँ पर्ने खानेपानी पाइपको संरचनाको दिगो बिकास, भल्भ चेम्बर , हाउसहोल्ड कनेक्सनमा प्रभाव पन, जसले गर्दा खानेपानीको आपुर्तिमा समस्या आउन सक्ने हुदा यस विषयमा समयमै छलफल गरि निकास निकाल्न ध्यानाकर्षण गराएको टोलीका संयोजक तथा प्रगतिनगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुषाले बताए ।
विस्तारका क्रममा पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपुरको सडक आसपासका करिब ३ हजार २ सय ६२ घरधुरि र ५७ किलोमिटर पाइपलाइन प्रत्यक्ष प्रभावित पर्ने देखिएकाले यहा रहेका १६ वटा खानेपानी संस्थाले सामुहिक रुपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन ।
सडक निर्माणकार्य संगै खानेपानी पाइपलाईन बिस्तारको लागि ९ करोड ८७ लाख ८४ हजार १ सय ३३ रुपैयाँको लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको संयोजक भुषालले जानकारी दिए ।
सडक विस्तारका क्रममा नवलपुरको राजमार्ग आसपासमा रहेका प्रगतिनगर खानेपानि,दिब्यपुरी खानेपानी,कावासोती खानेपानी,तम्सरिया खानेपानी,अरुणखोला खानेपानी,अग्यौली खानेपानी,रजहर खानेपानी,बिजयनगर खानेपानी,कुढौली खानेपानी,नयँ बेलहानी खानेपानी,तमासपुर खानेपानी,अमरापुरि खानेपानी,कुसुण्डे खानेपानी , दुम्किबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका संरचनामा असर पर्ने देखिएको छ ।
ज्ञापन पत्र बुझ्दै गण्डकी प्रदेश भौतिक पुर्वधार विकास मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय तनहुका प्रमुख ई . विकेश वधानथाछेले खानेपानी भनेको मानिषको नभै नहुने आवश्यकता भएकाले सम्बन्धित निकायसम्म समस्याका बारेमा जानकारी गराएर समाधानको उपाय खोजिने प्रतिबद्धता जनाएका छन । यस्तै सोहि टोलीले संघिय खानेपानी तथा ढल व्यस्थापन आयोजना पोखरा कार्यालयका आयोजना प्रमुख शिबेन्द्र झा लाई समेत त ज्ञापनपत्र बुझाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१