‘ महिलालाई कमजोर ठानेर तिरस्कार गर्नेलाई हारेर होईन जितेर देखाउनुपर्छ ’


ज्ञानु पंगेनी
कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका दुई लेडाहा गाउ जहा थारु समुदायको बाहुल्यता छ । ग्रामिण क्षेत्र भएकाले यस गाउ पिछडिएको छ । विकासका हिसाबले पनि केहि पछाडी परेको यस गाउमा बसोबास गर्ने थारु समुदायका महिलाहरु अधिकाशं चुलो चौको र खेतबारीमै व्यस्त हुन्छन । तर , यहि गाउकी एक जना महिला टुरीस्टा देवी गुरौ भने सामाजिक अभियान्ताका रुपमा आफुलाई परिचित मात्रै बनाएकी छैनन । महिलाहरुका लागि एक उदाहरणीय व्यक्तीत्व समेत बनेकी छन ।
१६ वर्षकै कलिलो उमेरमै विवाह गरेकी टुरीस्टाले आफ्नो जिवनमा धेरै दुःख कष्ट सहनुपर्यो तर पनि उनले कहिल्यै हिम्मत हारिनन् बरु आफुलाई बलियो बनाएर संघर्ष गरिन । बाचुन्जेलसम्म साथ र सहयोग गर्ने बाचा गरेका श्रीमानले नै उनीमाथी हिंसा र यातना दिए तर उनले त्यसको सामना गर्दै आफुलाई अझै शशक्त बनाईन ।
टुरीस्टा अहिले ४८ वर्षकी भईन । उनको २०४८ सालमा १६ वर्षको उमेरमा विवाह भएको थियो । उनका दुई जना छोरा छन । श्रीमानले विवाह पछि नै नेपाली सेनामा जागिर खाए । टुरीस्टाले घर र बालबच्चा धानेर बसिन । तर , विगत १५ वर्षबाट टुरीस्टा एक्लै संघर्ष गर्दै आएकी छन । श्रीमानसंग सम्बन्ध बिच्छेद भएको त छैन । तर उनीहरु संगै बस्दैनन । उनका श्रीमानले दोश्रो विवाह गरेपछि टुरीस्टालाई छाडेका हुन । श्रीमानले दोश्रो विवाह गरेपछि नै टुरीस्टाको दुःखका दिन शुरु भए । दोश्रो विवाहपछि उनका श्रीमानले टुरीस्टालाई मात्रै होईन आफ्ना दुई छोरालाई समेत हेरेनन । ठूलो छोरा पा“च वर्षको र सानो छोरा तीन वर्षको हुदा श्रीमानले आफुलाई छोडेको त्यो समय टुरीस्टाले कहिल्यै भुल्न सक्दिनन । गहभरी आ“सु लिदै उनले भनिन – ‘छोराहरु सानै हुदा श्रीमानले छोड्नुभयो । कति दुःख भयो कति त्यो मलाई नै थाहा छ । न त धेरै पढेलेखेको , त्यसमाथी महिलाले बाहिर निस्केर काम गर्न हुन्न भन्ने समाजको सो“च । ’ उनले थपिन – ‘घरमा सासु ससुरा र देवरहरुबाट पनि मलाई सहयोग भएन । श्रीमानले छोडेको भनेपछि परिवारका अन्य सदस्यबाट पनि हेला भईने रहेछ । ’
श्रीमानले छोडेको समयमा उनीसंग सम्पत्तीको नाममा एक कठ्ठा खडेरी अनि दुई कोठाको सानो झुपडी र तीन कठ्ठा खेत मात्रै थियो । अन्य आम्दानीको श्रोत केहि पनि नभएपछि दुई छोरालाई पढाउन हुर्काउन र दैनिकी चलाउन समेत उलाई निक्कै गाह्रो भयो । त्यसमाथी ऋणको भार समेत उनमा थियो । उनले मजदुरी गरेर हुन्छ कि , अरुको घरमा काम गरेर हुन्छ जनतन दैनिकी चलाईन । ‘दुई छाक टार्नकै लागि धेरै संघर्ष गरे । कति दिन कति रात त भोकै बित्यो तर, पनि हिम्मत भने हारिन । ’ उनले विगतलाई सम्झदै भनिन ।
छोराहरु पनि हुर्कदै गए अनि टुरीस्टाले पनि सिलाई कटाई सिक्ने अवसर पाईन । घरेलुमा सिलाई कटाई सिकेर उनले आफ्नै घरमा टेर्लर व्यवसाय खोलिन । टेलर व्यवसायबाट नै उनले आफुलाई आत्मनिर्भर बनाईन । उनले विभिन्न संघसंस्थाले आयोजना गर्ने तालिमहरुमा सिलाई कटाई सिकाउने सहजकर्ताका रुपमा पनि काम गरिन । यसैबिचमा उनको सामाजिक जिवन पनि सुरु भयो । उनले आफ्नो व्यवसाय र सामाजिक जिवनलाई संगसंगै हिडाईन । उनले घरकै टेर्लरमा पनि गाउका धेरै महिलाहरुलाई सिलाई कटाई सिकाईन । व्यवसायबाट नै उनले घर बनाईन । छोरालाई क्याम्पस पढाउन सकिन । उनलाई उनका दुई छोराले पनि धेरै साथ दिए । ‘मलाई छोराहरुले साथ नदिएको भए आज म यहासम्म आउथिन होला । छोराहरुले छोरीले झै घर धान्दिए त्यसैले मैले व्यवसाय राम्ररी गर्न भ्याए । सामाजिक काममा हिड्न भ्याए । ’ उनी भन्छिन –‘ चाडपर्वको वेलामा कपडा सिलाउन भ्याईभ्याई हुन्थ्यो । रातभरि नसुतेर नै मैले काम गर्थे । छोराहरुले खाना पकाउने , भाडा माझ्ने , घर सफा गर्ने सबै काम गर्थे अनि रातभर मसंगै बसेर सहयोग गर्थे । ’ टुरीस्टाको मेहनत र संघर्ष देखेर गाउका विभिन्न समितिहरुमा राख्नुपर्छ भन्ने माग हुन थाल्यो । उनले टोल सुधार समितिको संयोजकका रुपमा पनि काम गरिन । विभिन्न संघसंस्थाहरुका समितिहरुमा पनि आबद्ध भईन । जसबाट उनको नेतृत्व र क्षमतामा अभिवृद्धि हुदै गयो । उनी महिला अधिकार मंच , वडा स्तरी , नगर स्तरीय महिला संजाल, माझी मुसहर बोटे कल्याण सेवा समितिमा आबद्ध भएर धेरै महिलाहरुलाई न्याय दिलाउन समेत सफल भईन । आफुले महिला भएकै कारण धेरै दु ःख कष्ट सहनुपरेकाले उनी कुनै पनि महिलालाई हिंसा र यातनाबाट मुक्त गराउने काममा सधै अग्रसर हुन्छिन ।
अहिले छोराहरु ठूला भईसकेका छन । छोराहरुले कमाउन थालेका छन । उनी अहिले धेरैजसो सामाजिक काममा नै हिड्छिन । उनलाई हिजोआज एकछिन पनि फुर्सद हुदैन । गाउघरको विकास निर्माणको काम होस या , झैझगडा , विवाद वा जुनसुकै काम होस उनलाई सबैले गुहार्छन ।
उनी आफुजस्तै अन्य महिलालाई जिवनमा कहिल्यै हरेश नखान आग्रह गर्छिन । जस्तोसुकै परिस्थितीमा पनि हिम्मत र आ“ट गर्ने हो भने सफल हुन सकिने उनी बताउछिन । ‘संघर्ष त गर्नै पर्छ । निरन्तरको संघर्षले नै जिवन सफल बनाउछ । हिम्मत हार्यो भने आफुलाई दुःख दिनेहरु खुसी हुन्छन त्यसैले उनीहरुका अगाडी गरेरै देखाउछु भन्ने अठोट लिएर अगाडी बढ्नु पर्छ । ’ उनी भन्छिन – ‘महिलालाई कमजोर ठानेर तिरस्कार गर्नेलाई हारेर होईन जितेर देखाउनुपर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • कोरोनासगँको जम्काभेट !
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution