शालिकराम भट्टराई
कावासोती । नवलपुरका विभिन्न स्थानीय तहमा एक हप्तासम्म संचालन गरिएको शल्यक्रिया सहितको नि शूल्क आखा परिक्षण शिविरमा २ हजार १ सय ४० जना लाभान्तिव भएका छन ।
नेपाल नेत्रज्योती संघ नवलपुर, कुमारी निजी शैक्षीक गुठी कावासोती र भरतपुर आखा अस्पतालको संयुक्त आयोजनामा निशुल्क शल्यक्रिया सहितको आखा शिविर भएको हो ।
नवलपुरको कावासोती , देवचुली , मध्यविन्दु नगरपालिका , हुप्सेकोट र विनयी त्रिवणी गाउपालिकामा शिविर संचालन गरिएको थियो । पाच वटा स्थानीय तहमा एक हप्तासम्म संचालन भएको आखा शिविरमा आखा जाच गराएका मध्ये ३ सय ९० जनामा मोतीयाविन्दु भेटिएको नेत्र ज्योती संघ नवलपुरका अध्यक्ष विष्णु लम्सालले जानकारी दिए ।
माघ तीन गते नयाबेलहानी स्वास्थ्य चौकी अरुणखोलामा भएको शिविरमा १ सय ४० जनाले आखा जाच गराएकोमा ४३ जनामा मोतीयाविन्दु भेटीएको, नारायणी स्वास्थ्य चौकी पनौतीमा भएको शिविरमा १ सय २४ जनाले परीक्षण गराएकोमा ३० जनामा मोतीयाविन्दु भेटीएको र दुम्किबासमा भएको शिबिरमा १ सय ९२ जनाले आखा परीक्षण गराएकोमा ३२ जनामा मोतीयाविन्दु भेटीएको थियो ।
यस्तै माघ चार गते कावासोती १५ गोडारमा भएको शिविरमा १ सय ५९ जनाले आखा जाच गराएकोमा ३५ जनामा मोतीयान्दिु भेटीएको, कावासोतीकै गैरीमा भएको शिविरमा १ सय ६७ जनाले आखा जाच गराएकोमा ४३ जनामा मोतीयाविन्दु भेटीएको थियो । माघ पाच गते देवचुलीको रजहरमा भएको शिविरमा १ सय ५० जनाले आखा परीक्षण गराएकोमा ४६ जनामा मोतीयाविन्दु भेटीएको, देवचुलीको किर्तीपुरमा भएको शिविरमा १ सय १६ जनाले आखा जाच गराएकोमा १९ जनामा मोतीयाबिन्दु भेटीएको थियो लम्सालले बताए । यसैगरि माघ छ गते हुप्सेकोटको मौलाथरमा भएको शिविरमा १ सय ३ जनाले आखा जाच गराएकोमा १९ जनामा मोतीयाविन्दु भेटीएको थियो । माघ नौ गते कावासोतीको हसौरामा भएको शिविरमा १ सय २५ जनाले जाच गराएकोमा १२ जनामा मोतीयाविन्दु भेटीएको लमसालले जानकारी दिएका छन ।
मोतीया विन्दु भएकाहरुलाई कावासोतीमा तीन दिनसम्म कावासोतीमा नि शूल्क शल्यक्रिया गरिएको थियो । मोतीयाविन्दु भएका मध्ये २ सय ४३ जनाको नि शूल्क शल्यक्रिया गरिएको आखा शिविर कार्यक्रम संयोजक नविन पौडलले जानकारी दिए । यस्तै नि शूल्क औषधी समेत वितरण गरिएको समेत पौडेलले बताए । स्थानीय तहको सहयोगमा नवलपुरका ग्रामिण क्षेत्रलाई लक्षित गरि शिविरको आयोजना गरेको कुमारी निजी शैक्षिक गुठीका योजना प्रमुख दिपकलाल श्रेष्ठले बताए । निम्न वर्गका नागरिकहरुलाई लक्षित गरि शिविर आयोजना गरिएकाले शिविरबाट धेरैले लाभ लिन सफल भएको उनको भनाई छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१