विराटनगर । मोरङको सुन्दरहरैंचाका स्थानीयले ६ वटा टिपरमाथि आगजनी गरेका छन् । विराटचोकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९ कि ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान लिएपछि आक्रोसित बनेका स्थानीयले टिपरमाथि आगो लगाइदिएका हुन् ।
स्थानीयले विराटचोक–पुष्पलाल चोक सडक खण्डको सिसौघारीमा कुदिरहेका टिपर रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ । ६ वटा ट्रकमा आगो लगाइएको बताइए पनि प्रहरीले भने ४ वटामा मात्रै आगजनी भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले आक्रोसित स्थानीयले टिपरमा आगजनी गरे पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।उनीहरुले शवलाई सडकमा राखेर अहिले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनले सुन्दरहरैंचा तनावग्रस्त बनेको छ । अवस्था तनावग्रस्त बनेपछि त्यसको नियन्त्रणका लागि अहिले प्रहरी परिचालन गरिएको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१