• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    समृद्ध नेपाल र सुखी नेपाली कृषि र पर्यटनबाट मात्रै सम्भव छ ; भवानी राणा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ २८, सोमबार (७ साल अघि)
    51777764_628895774232444_217229580291801088_o

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउने प्रमुख माध्यम भनेकै कृषि र पर्यटन रहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताएकी छिन । 
    नेपालमा कृषि र पर्यटन उद्योगको प्रचुर सम्भावना रहेकाले अब निजि क्षेत्रले यीनै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सके नेपाल समृद्धिको बाटोमा अगाडी बढ्नेमा उनले जोड दिईन ।

    उद्योग वाणिज्य संघ बर्दघाट सुस्ता पुर्व जिल्ला संघ गैडाकोटको भवन शिलान्यास तथा जिल्ला संघ घोषणा एवम् चौथो साधारण सभाको आईतवार उद्घाटन कार्यक्रममा बोल्दै राणाले सो कुरा बताएकी हुन ।
    नेपालमा उद्योग व्यवसाय संचालन गर्न राष्ट्रिय अन्तराष्ट्रिय उद्योगी व्यवसायीहरु अग्रसर भए पनि उचित वातावरण अझै नभएको उनको जिकिर थियो । उनले भनिन ‘नेपालमा उद्योग संचालन गर्ने थुप्रै सम्भावना छन तर उचित वातावरण छैन । बैङ्कको ब्याजदर दिनप्रतिदिन बढेको बढै छ । उद्योग सुरु गर्दा नौ प्रतिशतको ब्याजदर वर्ष दिनमै १६ प्रतिशत पुग्छ अनि कसरी व्यवसायीहरु अगाडी बढ्न सक्छन ? ’ उनले थपिन ‘ अहिले बित्तिय क्षेत्रमा एककिसिमको ठूलो संकट आईरहेको छ । त्यो तपाई हामि सबैले भोग्न परेको छ । त्यो साना होस् या ठूला व्यापारी होस् । यस्तो अवस्थामा उद्योगहरु कसरी फस्टाउन सक्छन ? ’

    यस्तै उनले पछिल्लो समय महिलाहरु पनि उद्योग व्यवसायमा संलग्न भई निजि क्षेत्रको विकास र प्रबद्र्धनमा लागेकाले महिला उद्यमी व्यवसायीका लागि तीनै तहको सरकारले प्राथमिकतामा राखेर निती तथा योजना र बजेट छुट्टाउन समेत उनले माग गरिन ।
    उद्योग व्यवसायमा सक्रिय महिलाहरुका लागि सहुलिय संगै सम्मान र कदर गरेर उनीहरुमा हौसला प्रदान गर्न समेत आवश्यक रहेको उनले बताईन ।
    सम्बोधनकै क्रममा राणाले जिल्ला संघको भवन निर्माण गर्न एक लाख एक रुपैया रकम व्यक्तिगत रुपमा प्रदान गर्ने समेत प्रतिबद्धता जनाईन । भने महासंघको तर्फबाट समेत पहल गर्ने बताईन ।
    गैडाकोट नगरपालिका स्तरीय उद्योग वाणिज्य संघ गैडाकोटलाई स्तर उन्नती गर्दै जिल्ला संघ स्थापना गरिएको छ । आईतवार राणाले जिल्ला संघको घोषणा समेत गरिन ।
    गैडाकोट चारको खेलकूद मैदान नजिकै भवन निर्माण गर्न लागिएको छ । भवन निर्माणका लागि स्थानीय समाजसेवि व्यक्तित्वहरुले जग्गा समेत सहयोग गरेका छन ।
    यस्तै कार्यक्रममा गैडाकोट क्षेत्रका ६ जना उत्कृष्ट उद्योगी व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । दोसल्ला र सम्मानपत्रले उनीहरुलाई सम्मान गरिएको हो ।

    अमृत भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सासंद विष्णु लामिछाने , ओमकला गौतम , जिल्ला प्रशाशन कार्यालय नवलपुरका प्रमुख दिपकराज नेपाल , जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापा , देवचुली नगरपालिका प्रमुख पूर्ण कुमार श्रेष्ठ , मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र वहादुर राना , बौदीकाली गाउपालिका प्रमुख दूर्गा वहादुर राना लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution