कावासोती । नवलपरासी पूर्बको अस्थाई प्रहरी कार्यालय डण्डाले हुप्सेकोट गाँउपालीका क्षेत्रमा उत्पादन भई डण्डा बजारमा बेच्न ल्याउदै गरेको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
अस्थाई प्रहरी कार्यालय डण्डाले शनिबार स्थानियलाई साक्षी राखि १ सय ४० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । ‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरेका नष्ट गरेका छौं,’ अस्थाई प्रहरी पोष्ट डण्डाका प्रमुख प्रहरी नायब निरिक्षक खिलबहादुर रानाले भने । डण्डा बजार क्षेत्रमा ग्रामिण क्षेत्रबाट उत्पादन भई घरेलु मदिरा खपत हुने गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१