शारदा झेडी मगर
कावासोती । गैडाको आक्रमणमा परि घाईते हुनुभएकी कावासोती नगरपालिका वार्ड नं १० निवासी ५१ वािर्षय लक्ष्मी देबि लम्साललाई आज एक कार्यक्रमका बिच राहत प्रदान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लामिचौर उपभोक्ता समितका अध्यक्ष बासुदेव पौडेलले १ लाख ३८ हजार ९ सय ४ रुपैयाको चेक हस्तारण गर्नुभएको लामिचौर मध्यवर्ती उपभोक्ता समितीका सचिव शुशिलराज घलेले जानकारी दिनुभयो । राहत बितरण कार्यक्रममा वार्ड नं १२ का वडाअध्यक्ष खेम प्रसाद काफ्ले, निकुञ्ज प्रतिनीधि गम्मर सिड. गुरुड. , शान्तिकुन्ज सामुदायिक वनका अध्यक्ष नन्दराज घले , नमुना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष खिल बहादुर गुरुड , कुडौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष रामबहादुर राना , लामिचौर उपभोक्ता समितीका अध्यक्ष रिशिकेष भट्टराई लगायत समितीका पदाधिकारीहरुको उपस्थीति रहेको थियो । लम्साल गत असोज १९ गते कृष्णसार मध्यवर्ती सामुदायिक बनमा दाउरा खुलेको समयमा दाउरा काट्न जादा गैडाको आक्रमणमा परि शख्त घाईते हुनुभएको थियो । अहिले उहाको अवस्था सामान्य रहेको जनाईएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१