काठमाडौँ । पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको विवादित गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । संसद बैठकमा समेत यसको पक्ष र विपक्षमा सांसदरुले कुरा राखेका छन् ।
सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे । तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गरे ।
विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्टि जनाउँदै रावलले अमरेशलाई गीत गाउन सुझाए । उनले गीत गाए आफूले एक महिनाकै पारिश्रमिक उपलब्ध गराउने राववले बताए । ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु’, रावलले भने ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१