• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

२

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

३

आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

४

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

५

फस्टाउँदो ड्रागन खेती

६

संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

७

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

८

टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

९

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

१०

कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

११

चितुवाको आक्रमणबाट चार जना घाइते

१२

पृथ्वीसुब्बा गुरुङ भन्छन् : प्रचण्ड माधवले देउवासँग म्याच फिक्सिङ गरे, ललिता निवासको फाइल फेरि खुल्छ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा वनको बाँझो जमिनमा बेसार खेती, पहिलो वर्षमा नौ लाख रुपैयाँ आम्दानी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २०, सोमबार (४ साल अघि)
    Besar-kheti (1)

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । वनमा बाँझो र खाली रहेको जग्गामा बेसार खेती गरेर कावासोतीका महिलाहरुले मनग्य आम्दानी गरेका छन् । कावासोती नगरपालिका १० र ७ नम्बर वडामा पर्ने लामिचौर उपभोक्ता समिति अन्तरगतको कृष्णसार मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा स्थानीय महिलाहरुले सामूहिक बेसार खेती गरेर आम्दानी गर्न सफल भएका हुन् । वडा न. १० चिलिया र ७ साँडका पाँच समूहले वनको बाँझो जमिनमा अर्गानिक बेसार खेती गेरेका हुन् । बेसार खेती सुरु गरेको पहिलो वर्ष नै करिब नौ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएका छन् ।

    कावासोती नगरपालिका–१० को शान्ति देवी महिला समूह , वडा नम्बर सातको अष्टलक्ष्मी महिला समूह, जनजागृती महिला समूह, सुनगाभा महिला समूह र भगवती महिला समूहले समूहगतरुपमा बेसार खेती सुरु गरेका हुन् । पाँच वटा समूहमा करिब १५० जना महिलाहरु आबद्ध रहेका छन् । गएको वैशाख महिनामा लगाएको बेसार खेती फागुनको पहिलो हप्तामा समूहले खनेर बिक्री गरेको हो ।

    पाँच समूहले सात बिघा क्षेत्रफलमा बेसार खेती गरेको थियो । बनमारा र अनावश्यक झाडीले भरिएको वनको जग्गालाई सरसफाइ गरेर खेती गरिएको हो । यहाँका महिलाहरुले घरको कामधन्दा सकेर फुर्सदको समयलाई सदुपयोग गर्न बेसार खेती सुरु गरेका थिए । यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उनीहरुलाई लागेको थिएन । तर, फुर्सदको समयमा गरिएको कामको प्रतिफल राम्रो भएपछि महिलाहरु उत्साहित समेत भएका छन् ।

    शान्तिदेवी महिला समूहकी अध्यक्ष दिलमाया गुरुङ भन्छिन् – ‘घरको कामधन्दा सकेर फुर्सदको समयमा गरेको कामबाट पनि आम्दानी हुने रहेछ । पहिलो वर्षमा नै राम्रो आम्दानी भयो अब अझै राम्ररी गर्छौ । ’ समूहकी अर्की महिला तिलकुमारी मूखिया पनि दंग छिन । घरको काम भ्याएर पनि आम्दानी गर्न सकिने रहेछ भनेर । ‘धेरै मेहेनत पनि गर्न परेन, फुर्सदमा समूहमा मिलेर काम गर्दा काम गरेको पनि पत्तै पाइएन , आम्दानी पनी राम्रै भयो । ’

    द अर्गानिक भ्याली कम्पनी सुर्खेतसँगको सहकार्यमा यहाँका महिलाहरुले बेसार खेती सुरु गरेका हुन । कम्पनीले वनसँग समन्वय गरी महिलाहरुलाई समूहगत रुपमा बेसारखेतीको तालिम दिएको थियो ।

    पहिलो वर्ष भएकाले कम्पनीले समूहका लागि ७ ५० केजी अर्गानिक बेसारको बिउ र प्रति समूह २७ हजार ५०० रुपैयाँ सापटी रकम समेत उपलब्ध गराएको थियो । उक्त सापटी रकम समेत कटाएर महिला समूहले नौ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको कम्पनीका शुरेन्द्र पौडेलले जानकारी दिए । सात बिघा क्षेत्रफलमा ४० टन बेसार उत्पादन भएको पौडेलले बताए । उत्पादन भएको बेसार मध्ये पा“च टन बीउका लागि छुट्टाएर ३५ टन बेसार कम्पनीले खरीद गरेको हो । कम्पनीले प्रति किलो २१ रुपैयाँले बेसार खरिद गरेको हो ।
    पौडेलका अनुसार कम्पनीले देशका विभिन्न ठाउँमा महिलालाई सहभागी गराई अर्गानिक बेसार उत्पादन गर्दै आएको छ । खेतीका लागि तालिम र पञ्चकाव्य नामक प्राङ्गारिक किटनाशक औषधि कम्पनीले सहयोग गरेको थियो । उत्पादन भएको सबै बेसार कम्पनीले आफै खरिद गर्ने भएकाले बजारको समस्यासमेत नहुने पौडेलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता


  • Advertisement

    समाचार
  • १

    आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • २

    पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • ३

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • ४

    माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

  • ५

    फस्टाउँदो ड्रागन खेती

  • ६

    संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

  • ७

    सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • ८

    टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

  • ९

    कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

  • १०

    कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

  • बिशेष रिपोर्टसबै

    सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution