कावासोती । निजी घरको पर्खाल लगाउन नेपाली सेनाका जवान प्रयोग गरेका बहालवाला कर्णेलमाथि कारबाही थालिएको छ । निजी काममा सेनालाई ज्यामी बनाएर अख्तियार दुरुपयोग गरेको भन्दै उनीमाथि सैनिक मुख्यालयले छानबिन थालेको हो । गैंडाकोट नगरपालिका २ स्थित प्रगती टोलमा रहेको कर्णल रविन्द्र लुइँटेलले आफ्नो १२ आना जग्गामा पर्खाल लगाउन ५८ सैनिक जवानलाई काममा लगाएका थिए ।
सैनिक प्रवक्ता यम ढकालले कर्णेल लुइँटेलले घरायसी काममा सेना खटाएको बारेमा वन तथा पर्यावरण निर्देशनालय र सेनाको शिकायत जाँच कार्यालयबाट अनुसन्धान भइरहेको जानकारी दिए । दोषी प्रमाणित भएमा सेनाको नियमावलीअनुसार कारबाही गर्ने उनले कान्तिपुरलाई बताए । सेनालाई निजी काममा लगाउनु सैनिक ऐनविपरीत हो ।
कावासोती १हात्तीखोरस्थित सेनाको वन तथा पर्यावरण निर्देशनालयका कर्णेल लुइँटेलले निजी काममा सेना प्रयोग गरेपछि स्थानीयले समेत विरोध गरेका छन् ।गैंडाकोट नगरपालिकाको प्रगतिटोलमा कर्णेल लुइँटेलकी आमा रामपियारी लुइँटेलको नाममा रहेको कित्ता नम्बर ४३९६ को १२ आना जग्गामा पर्खाल लगाउन अघिल्लो साता ४ दिनसम्म सेनाका जवान खटाइएको थियो ।
www.kantipurdaily.com बाट साभार गरिएको
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]