ज्ञानु पंगेनी
कावासोती । गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्बा गुरुङ्गले गण्डकी प्रदेशभित्रका ११ जिल्लामध्ये कास्किपछि नवलपुर जिल्ला विकासको हिसाबले सबैभन्दा समृद्ध जिल्ला बन्न सक्ने बताएका छन ।
मंगलवार नवलपुरको कावासोती ८ मा घरेलु तथा साना उद्योग कार्यालयको उद्घाटन गर्दै मुख्य मन्त्रि गुरुङ्गले सो कुरा बताएका हुन । उनले भने – ‘गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरलाई सबैभन्दा समृद्ध जिल्लाका रुपमा पोखराबाट हेरिरहेका छौ । सोहि अनुसार यस जिल्लाको विकासमा प्रदेश लागेको छ । ’ विकासका हिसाबले देशको ७७ वटा जिल्लामध्ये उत्कृष्ट १० जिल्लाभित्र समेत नवलपुर पर्न सक्ने मुख्यमन्त्रि गुरुङ्गले बताए । उनले अँैद्योगिकरणको विकास बिना समृद्धि आउन नसक्ने भएकाले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको समेत बताए । गण्डकी प्रदेशको समृद्धिको लागि नवलपुर एउटा महत्वपूर्ण जिल्ला भएकाले यहा उद्यम, कलकारखानाको विकास गर्दै लैजान प्रदेश सरकारले योजना बनाउने काम शुरु गरिसकेको समेत उनले जिकिर गरे । उनले भने ‘ औद्योगिकरण नभएसम्म आर्थिक समृद्धि सम्भव छैन । शहरीकरलाईलाई व्यवस्थित नगर्दा सम्म आर्थिक उन्नती सम्भव छैन । त्यसैले आर्थिक बृद्धिदर र शहरीकरण जति व्यवस्थित बनाउदै लगियो समृद्धि पनि त्यति नै संगसंगै जान्छ । ’
यस्तै कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रि विकास लम्सालले नवलपुर जिल्लाको वडा नम्बर एकमा पर्ने लोकाहा क्षेत्रलाई व्यवस्थित औद्योगिक क्षेत्र बनाउने योजना अनुसार अध्ययनका लागि एउटा टिम छिट्टै आउने जानकारी दिए । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र नवलपुरमा बनाउने गरि छिट्टै काम शुरु हुने मन्त्रि लम्सालले बताए । उनले भने – ‘गण्डकी प्रदेशमा एउटा मात्रै औद्योगिक क्षेत्र छ पोखरामा त्यो पनि पा“च सय रोपनीको , अब नवलपुरमा १० हजार रोपनीभन्दा माथीको अँैद्योगिक क्षेत्र बनाउने सोचमा छौ । अब जग्गा प्राप्ति गरेपछि छिट्टै काम शुरु हुन्छ । ’
नवलपरासी पूर्वको कावासोती ८ मा रहेको डिभिजन बन कार्यालयको भवनमा तत्कालका लागि घरेलु तथा साना उद्योग कार्यालय स्थापना गरिएको छ । छिट्टै नै कार्यालय व्यस्थापन गरेर सेवा प्रदान गरिने जनाईएको छ । कार्यालयमा उद्योगतर्फ सिबि कृषि तथा पशुपालन फर्मका प्रोप्राईटर ओम वहादुर गुरुङ्गले पहिलो सेवाग्राहिका रुपमा दर्ता प्रमाणपत्र लिए भने, प्राईभेट फर्मतर्फ बि. आर. सप्लायर्सको नाममा बाबुराम पौडेलले पहिलो सेवाग्राहिका रुपमा दर्ताको प्रमाणपत्र लिए । दुबैजालाई मुख्यान्त्रि गुरुङ्ग र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रि लम्सालले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरे । दुई जिल्लामा विभाजन भएको लामो समयसम्म पनि नवलपुरका बासिन्दा पश्चिम नवलपरासीको परासीमा घरेलु तथा साना उद्योग कार्यालयमा प्रशाशनिक कामका लागि जानुपर्ने बाध्यता थियो । अब भने परासी पुग्नुपर्ने बाध्यता हटेपछि यहाका सेवाग्राहिले खुसी व्यक्त गरेका छन ।
पा“च महिना अघि नै यहा कार्यालय स्थापना हुने भनिएको भए पनि प्राविधिक कारणले ढिला हुन पुगेको कार्यालयका प्रमुख नारायण प्रसाद गौतमले बताए । यस कार्यालयबाट लघु घरेलु तथा साना उद्योगतर्फ १० करोण स्थिर पुजी“सम्म दर्ता गर्न सकिनेछ भने , वाणिज्यतर्फ जतिसुकै पुजी“को पनि दर्ता गर्न सकिने उद्योग वाणिजय तथा आपुर्ती मन्त्रालयका सह सचिव नारायणमणी लामिछानेले जानकारी दिए । नवलपरासी पश्चिमको कार्यालयमा रहेका नवलपुरका फाईलहरु हस्तान्तरण गरेर पूर्वको कार्यालयमा सार्ने काम पनि छिट्टै सकिने लामिछानेले जानकारी दिए ।
उद्योग र प्राईभेट फर्म दर्ता गरेर समयमा नविकरण हुन नसकेका उद्योग र व्यवसायी फर्महरुलाई असार मसान्तसम्म समय थप गरिएकाले तोकिएको दस्तुर र जरिवाना तिरेर नविकरण गर्न सकिने समेत लामिछानेले बताए । यो प्रावधान गण्डकी प्रदेशमा मात्रै लागु गरिएकाले उद्योगी व्यवसायीहरुले यस अवसरको लाभ लिन सक्ने उनको भनाई थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१