कावासोती । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव पुर्बि नवलपरासीको नवलपुरमा पनि परेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । कावासोती , डण्डा , गैडाकोट , रजहर , अरुणखोला ,दुम्किबास क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाब परेको छ । पूर्व पश्चिम राजमार्गदेखि जिल्लाका भित्री सडकहरुमा पनि गाडीहरु चलेका छैनन् ।
जिल्लामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था निकै कडा पारिएको नवलपरासी पूर्बका प्रहरी प्रमुख एसपि रमेश थापाले बताए । थापाको अनुसार प्रहरीले सवारी साधानहरुलाई स्कटि¨ गरेर गन्तब्य स्थानमा पठाएको छ । त्यस्तै पूर्बि नवलपरासीको गैडाकोटमा जयश्री पुलमाथि नै फेला परेको शंकास्पपद बस्तु बम नभएको पुष्टि भएको छ । शंकास्पपद बस्तु भेटिएपछि बम भएको आशंकामा नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेना को बम डिस्पोज टोलीले डिस्पोज गर्ने क्रममा नभएको पुष्टि भएको हो । राती २ बजेको समयमा शंकास्पपद बस्तु फेला परेको भन्दै नवलपुर प्रहरीले नेपाली सेनाको बम डिस्पोज टोलीलाई खबर गरेको थियो । बमको आशंकामा सर्वसाधारण त्रसित बनेका थिए । पुल माथि नै शंकास्पपद बस्तु फेला परेपछि पुल तलबाट डाइृभरशन गरी पूर्ब पश्चिम राजमार्ग सुचारु गरिएको थियो । बम भनि शंकास्पपद बस्तु बाल्टीनमा माटो भरेर राखेको भेटिएको नवलपुर प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१